NRNA ख्याङिदो-इन्छ्न प्रान्त क्षेत्रको नेतृत्वमा पुरुषोत्तम गौतम,  उनको एकल प्यानल नै निर्वाचित

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया

NRNA ख्याङिदो-इन्छ्न प्रान्त क्षेत्रको नेतृत्वमा पुरुषोत्तम गौतम आएका छन्। उनी लगायत उनको एकल प्यानलका सबै निर्वाचित भएका छन्। दुई हप्ता अगाडिनै अधिबेशन तोकिएता पनि तयारी नपुगेको भन्दै निर्वाचन २ हप्ता पछि सारिएको थियो। उक्त दुई हप्ता मा प्रसस्त बौद्धिक छलफल र भिन्न भिन्न बिसय हरुमा सहमति र समजदारी गर्न आफू खटेको कारण आफ्नो टिम लाई निर्बिरोध बनाउन सफल भएको निर्वाचित अध्यक्ष पुरुषोत्तम गौतमले बताए।

 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ग्याङगी ईन्छनको निर्वाचनका लागि आव्हान गरिएको उम्मेदवारी दर्तामा  पुरूषोत्तम गौतमको एकल प्यानल बाहेक अरू कसैको  उम्मेदवारी दर्ता नभएकोले पुरूषोत्तम गौतमको एकल प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक निरञ्जन भण्डारीले बताए। उक्त निर्वाचनबाट अध्यक्षमा पुरूषोत्तम गौतम उपाध्यक्षमा राज कुमार घिमिरे, रेबन्त बहादुर रावल, महिला उपाध्यक्षमा सरिता बस्नेत कार्की, सचिवमाअशोक कुमार शाह, सह-सचिव- नरेश रावल, कोषाध्यक्षमा सन्तोष चौलागाई र सदस्यमा भरत खड्का सर्ब्वसम्मतिले निर्बाचित भएका छन्। निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण आन्सान स्थित हिमालयन रेष्टुरेन्टमा आज आइतबार दिनको १२ बजे सम्पन्न समेत भएको थियो।

 

अध्यक्ष पदमा निर्बाचित गौतम रामेछाप जिल्ला सुनपाती गाउँ पालिका गुन्सी १ स्थायी घर भै हाल कोरिया मा लामो समय देखि बसोबास गरिरहेका छन् ।

 

कोरिया प्रबेस लगत्तै नेपाली सम्पर्क समिति (ncc ) को केन्द्रिय सदस्य हुँदै समाज सेबा मा प्रबेस गरेका गौतम क्रमश जनप्रगतिशील मञ्च को क्षेत्रीए अध्यक्ष हुँदै केन्द्रिय सदस्य भएर काम गरेका अनुभवी ब्यक्ती  समेत हुन्। साथीभाइ बिच हसिलो स्वभाव मिलनसार भावना र नेपाली साथी भाईहरुलाइ समस्या पर्दा जस्तोसुकै परिस्थितिमा पनि सक्दो सहयोग गर्न लागि पर्ने उनी सकृय सामाजिक अभियान्ता समेत हुन्।

 

 

कामदार दैनिक परिवार अध्यक्ष पुरुषोत्तम गौतम लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दै सफल कार्यकालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछ।

 

Facebook Comments Box