कामदार दैनिक संवाददाता
सौल, दक्षिण कोरिया
के हो त GmoneyTrans को एटियम कार्ड?
दक्षिण कोरियाको चिर परिचित रेमिट GmoneyTrans ले आफ्नो सेवा सुबिधाहरु बिस्तार गर्ने क्रममा आफ्ना ग्राहक महानुभावहरुका निम्ति बिभिन्न सेवा सुबिधा सहितको बहुउपयोगी Gmoney card( एटिएम कार्ड) लिएर आएको छ। यो कार्ड बैंकको एटिएम कार्ड जस्तै गरि प्रयोग गर्न सकिने, बैंकको एटीएम कार्डमा भन्दा धेरै सेवाहरू हुने, बोनस पोइन्टहरू पनि अत्यधिक हुनुको साथै दुई करोड वन सम्मको दुर्घटना अशक्तता बिमा हुने र पासपोर्टमात्र भएकाले पनि सहजै प्रयोग गर्न सक्ने भएकाले बिधार्थी र पासपोर्टमात्रै भएका सम्पूर्ण कोरिया बासी नेपालीहरुका लागि अति उपयोगी हुने GmoneyTransका जेनेरल म्यानेजर बिजय राज टण्डन ले बताउनुभयो।
Gmoney एटियम कार्ड नै किन?
बिदेशीहरुलाई मध्यनजर गर्दै Gmoney Trans ले जिमनि एटियम कार्ड बिभिन्न सुबिधा सहितको बहुउपयोगी Gmoney card ल्याएको हो। कम्पनीले अहिलेलाई डाइरेक्ट कार्ड( Direct Card), ड्रीम कार्ड (Dream Card) र प्रिमियर कार्ड(PREMIER) गरी तिन प्रकारका कार्डहरु उपलब्ध गराएको छ।
१.डाइरेक्ट कार्ड( Direct card):
यो कार्ड निशुल्क रूपमा मासिक कुनै पनि शुल्क नलाग्ने गरी लिन सकिन्छ। ४३,००० कोरियन वन सम्मको बोनस पोइन्ट प्राप्त गर्न सकिने यो कार्डबाट अनलाइन र अफलाइन दुबै सपिङ्ग गर्न सकिनुको साथै बस वा ट्रेन दुबैमा प्रयोग गर्न सकिन्छ।
२.ड्रीम कार्ड(Dream Card) :
यो कार्डमा कोरियन एक करोड वन सम्मको अशक्तता दुर्घटना बिमा हुनुको साथै ५६,००० कोरियन वन सम्मको बोनस पोइन्ट हुन्छ। यातायात कार्डको रूपमा पनि प्रयोग गर्न सकिने र अफ लाईन र अनलाइन दुबै सपिङ्ग गर्न सकिने साथै पासपोर्टमात्र भएकाले पनि यो कार्ड लिन सक्ने भएकाले यो कार्ड लिन चाहने ग्राहकहरूको सङ्ख्या अत्यधिक रहेको छ। मासिक शुल्क ४,९९० कोरियन वन लाग्ने यो कार्डमा १,००० वन बराबरको रिवाड पोइन्ट प्रत्येक महिना GmoneysTranको तर्फबाट प्राप्त गर्न सकिन्छ।
३. प्रिमियर कार्ड (PREMIER CARD) :
पासपोर्ट मात्र भएकाले पनि यो कार्ड बनाएर कोरियन दुई करोड वन सम्मको अशक्तता दुर्घटना बिमाको लाभ लिन सक्नुको साथै ७०,००० कोरियन वन सम्मको रिवाड पाउन सकिने, यातायात कार्डको रूपमा पनि प्रयोग गर्न सकिने र अफ लाईन र अनलाइन दुबै सपिङ्ग गर्न सकिने भएकोले यो कार्ड बनाउन चाहनेहरुको सङ्ख्या अत्यधिक रहेको छ। मासिक शुल्क ६,९९० कोरियन वन लाग्ने यो कार्डमा २,००० वन बराबरको रिवाड पोइन्ट प्रत्येक महिना GmoneyTransको तर्फबाट प्राप्त गर्न सकिन्छ। यो कार्ड कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका माझ अत्यधिक लोकप्रिय भएको छ।
कुनै जिज्ञासा, सल्लाह, सुझाव एंव कार्ड अप्लाई गर्नु परेमा ग्राहक सेवा केन्द्रको फोन नम्बर:०१०-४३८५-२४३४ वा GmoneyTrans Nepalको फेसबुक पेजमा सम्पर्क गर्न सकिने साथै कुनै ठाउँमा घुम्ती सेवा चाहिएमा निर्धक्क भएर GmoneyTrans लाई भन्नको निम्ति हार्दिक अनुरोध गर्दैँ आफुहरू कोरियाको जुनसुकै ठाउँमा गएर GmoneyTrans को सेवा दिन तत्पर रहेको GmoneyTrans नेपालले बताएको छ।
Gmoney trans को एटियम अप्लाई गर्ने तरिका
Gmoney trans को कार्ड एक्टिभेट गर्ने तरिका
एटिएमबाट पैसा निकाल्ने तरिका
एटिएममा पैसा डिपोजिट गर्ने तरिका
एपबाट एटियम ट्रेन कार्ड रिचार्ज गर्नेतरिका
GmoneyTrans नेपाललाई सम्पर्क गर्न सकिने तरिका
स्मरण रहोस् GmoneyTrans नेपालले यस अघि नै नोङ्हेब( 농협)बैंकका जुनसुकै खाता नम्बरहरूबाट पनि अटो डेबिट बनाउन सकिने सेवा सञ्चालन गरिसकेको छ साथै Gmoney रजिस्टर गर्ने बित्तिकै JB Bankको खाता नम्बर उपलब्ध गराई त्यसैमा तलब बुझि सम्पूर्ण सेवा सुबिधाहरु लिन सकिने भएकोले बिशेष गरि पासपोर्टमात्रै भएका र बिधार्थीहरुका निम्ति यो सेवा अत्यन्तै उपयोगी रहेको छ। Gmoney रजिस्टर गर्ने बित्तिकै Gmoney pay Account( JB Bank)को खाता अटोमेटिक खुल्ने भएकोले पासपोर्ट मात्र भएकाले पनि आफ्नो तलब Gmoney Accountमा बुझेर आफ्नो ईच्छा अनुसार नेपाल पठाउन पनि मिल्ने साथै कोरियामा पनि पैसा निकाल्न, पठाउन र अफलाइन एंव अनलाइन दुबै सपिङ्ग गर्न मिल्ने भएकोले Gmoney pay Account एकदम उपयोगी भएको छ।
Gmoney pay Account बाट CU, Lotte एटिएम लगायतका बिभिन्न ठाउँहरुबाट पैसा निकाल्न र नगद डिपोजिट गर्न मिल्ने भएकोले GmoneyTrans को सेवा एकदम लोकप्रिय भएको छ।
नेपालमा बैंक डिपोजिट र क्यास पिकअप सेवा पनि एकदमै चाँडो हुनुको साथै फ्रिज र टिभी र पनि GmoneyTrans बाट क्यास पिकअपमा पैसा पठाएर नेपालको जुनसुकै सामसुङको स्टोरबाट लिन सकिने भएकोले यताबाट परिवारको लागि उपहार उठाउनेहरु पनि धेरै छन्।