– कमल बहादुर मगर( कुमार थापा)
आज श्रावण २०,स्व. कमल दाइको स्मृतिमा केन्द्र देखि जिल्ला, क्षेत्र र सवै तहका नेतागणले बोलेका कुरा पूरा गरेर उहाँका प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गर्दछु।
उधारो श्रद्धाञ्जलीलाई नेपाली संस्कार नबनाउन पनि सम्वन्धित सवैलाइ निवेदन !
तत्कालीन संविधान सभाका सदस्य, नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा सवैका जनप्रिय श्रद्देय नेता स्वर्गीय कमल प्रसाद पंगेनी ज्युको स्मृतिमा आज श्रावण २० सामाजिक र राजनीतिक एउटा नक्षत्र अस्ताएको दिन।भगवान रुपि कमल दाइका प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
म स्मरण गर्दछु
समतामूलक समाज निर्माणका खातिर २०३६ देखि परिवर्तनका हरेक आन्दोलनमा आफ्नो दरिलो उपस्थिति जनाउदै नेपाली कांग्रेस र आम जनताका लागि पुरै समय ब्यतित गर्नुभएको उहाँको हरेक कालखण्ड अनुकरणीय छ्न र राजनीतिक यात्रामा लागेका जो कसैलाइ पनि प्रेरणाको स्रोत हुनुहुन्छ साथै आदर्श पात्र पनि। गाउँको एउटा झुप्रोमा बस्ने कमल दाइले सदैव आफ्नो झुप्रो फेर्न भन्दा समाजमा भएको असमानता, विभेद, सामाजिक न्याय, गरिब निमुखाको आवाज बन्दै विकासको खाका कोर्दै नेपाली समाजको मुहार फेर्न लाग्नुभो। तसर्थ उहाँ हाम्रो आदर्श र अनुकरणीय पात्रको रुपमा रहिरहनुहुनेछ।
अझै भनुँ मेरो त वास्तविक राजनीतिक गुरु र प्रेरणाको स्रोत नै हुनुहुन्थ्यो।उहाँ अस्ताउदाको पीडाको त कसरी ब्यक्त गर्न सक्छुर!!
उहाँ सामाजिक तथा राजनीतिक सद्भावलाइ प्राथमिकताको विषय बनाउनुहुन्थ्यो।त्यही सद्भाव बाट नै हरेक परिवर्तन र विकासको खाका कोर्न सकिन्छ बाबू, राजनीतिमा मध्यमार्गी बाटो नै स्थापित हुने बाटो हो भन्नुहुन्थ्यो।द्वन्द्वकालमा गोलि पड्किदै गर्दा पनि संगठन बनाउनपर्छ जाउँ भनेर चित्र भञ्ज्याङ्ग को गल्छिमा बोलेका हरेक कुरा आज पनि झलझली छ।प्रण गर्छु, ढिलो होला तर जति सक्छु तँपाइले देखाएको बाटो र उद्देश्य पूरा गर्न समाज र राजनीतिमा मेरो दरिलो उपस्तिथि राख्ने नै छु।
भावपुर्ण श्रद्धाञ्जली स्व. कमल दाइ।