याङ्सान नेपाली परिवार दक्षिण कोरियाको ९ औ महाअधिवेशनबाट अध्यक्षमा बन्दिज लामा निर्वाचित

कोरियाअपडेट समाचार

सन्तोष खड्का
दक्षिण कोरिया

याङ्सान नेपाली परिवार दक्षिण कोरियाको ९ औँ महाअधिवेशन जुमबाट आईतवार सम्पन्न भएको छ । अधिवेशन कोरोना कहरका बिच जुम मार्फत निबर्तमान अध्यक्ष लुम ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

 

 ”प्रवासी भुमिमा नेपाली एकता,आपसी, मेलमिलाप तथा सहयोग हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ सम्पन्न उक्त अधिबेशनबाट बन्दिज स्याङ्दान लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो।

 

उक्त अधिबेशनबाट अध्यक्षमा बन्दिज स्याङ्दान लामा, वरिष्ठ उपाध्यक्षमा दिनेश हरिजन, उपाध्यक्षमा अभिषेक पौडेल ,  सीता तिलिजा मगर , मुकेश बज्राचार्य,  सचीवमा बिमल कुमार राई,  सह-सचीवमा जित बहादुर तामाङ, कोषाध्यक्षमा मिलन लिम्बु , सह- कोषाध्यक्षमा किरण ढकाल, सदस्यहरुमा सन्तोष घिमिरे , योगेन्द्र कुवर , गणेश न्यौपाने , प्रेम खत्री , पिताम्बर पोख्रेल र सन्देश कार्की निर्वाचित भएका छन्।

 

कामदार दैनिक परिवार अध्यक्ष बन्दिज स्याङ्दान लामा  लगायत सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना सफल कार्यकालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछ।

 

Facebook Comments Box