सन्तोष खड्का
दक्षिण कोरिया
“संगठित समूहनै प्रदेशको सहारा” भन्ने मूल भावनाबाट प्रेरित भई कास्की जिल्लामा स्थायी बसोवास भई हाल दक्षिण कोरियामा शैशिक, रोजगारी, व्यावसायिक साथै दक्षिण कोरियामा स्थायी बसोवास गरिरहनु भएका कस्केलीहरुको हकहितको लागि सन् २००८ मा स्थापना भएको कास्की परिवार दक्षिण कोरियाको सातौ अधिवेशनको तयारी सम्पन्न भएको छ ।
सन् २०१९ डिसेम्बर १ तारिखमा बर्ष २०१९-२०२१ का लागि चयन भएको छैठौ कार्यसमितिको कार्यकाल यहि डिसेम्बर २०२१ मा सकिदै गर्दा सेप्टेम्बर १९ तारिखका दिन सातौ अधिवेशन हुन गईरहेको छ।
संस्थाको अधिवेशनमा आर्थिक ,बार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाले संस्थाको विधान परिमार्जन गर्नको लागि संस्थाका सल्लाहकार प्रकाश देबकोटा को सयोजकत्वमा ५ सदस्यीय विधान संसोधन समिति र नया कार्यसमिति चयनका लागि संस्थाका संरक्षक खोम प्रसाद गुरूङ को संयोजकत्वमा निर्वाचन समिति बनाएर अधिबेशनको कार्य आगाडी बढी रहेको व्यहोरा संस्थाका सचिव बिनोद दाहालले जानाकारी गराउनुभएको छ।
संस्थाले स्थापनाकाल देखि कोरियामा समस्यामा परेका कस्केली तथा सम्पूर्ण नेपालीहरुलाईआर्थिक ,नैतिक ,सामाजिक ,भौतिक रुपमा सहयोग गर्दै विभिन्न क्षेत्रिय, जातीय, संघ संस्थाहरु संग सहकार्य र समन्यव गर्दै आईरहेको छ ।संस्थाले कोरियामा मात्र
नभई नेपालमा मा आईपरेको दैबीप्रकोप र कोभिड १९ को महामारीमा अक्सीजन र औषधिजन्य सामाग्री हरू सहयोग गरेको छ।संस्थाले स्थापना काल देखी खेलकुद, सांस्कृतिक, सांगीतिक एबम मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र संस्थालाई आगामी दिनमा संस्थागत रुपमा संचालन गर्न संस्थाका विभिन्न गतिविधिहरुलाई पारदर्शी बनाउदै लैजाने उदेश्य सहितले संस्थालाई विगत ३ महिना अघि देखि दक्षिण कोरियाकोको प्रचलित कानुन बमोजिम कर कार्यालयमा दर्ता गरि संस्थाको नाममा KEB HANA बैकमा बैक खाता पनि खोलिएको व्यहोरा संस्थाका अध्यक्ष प्रबीण गिरीले जानाकारी गराउनुका साथै कोभिड-१९ को बिशेस कारणले अनलाईन भर्चुअल माध्यामबाट हुन गैरहेको सातौ अधिवेशनमा संस्थाका संरक्षक ,बरिस्ठ, सल्लहाकार, सल्लहाकार समिति, आजीवन / साधारण सदस्यहरु, विभिन्न पेशा व्यवसायीबुद्दीजिबीबर्ग तथा संस्थाका शुभचिन्तक ज्युहरुमा कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई भब्य रुपमा सफल बनाईदिनुहुन संस्थाका अध्यक्ष प्रबीण गिरीले अनुरोध गर्नुभएकोछ।