सन्तोष खड्का
कामदार दैनिक
न्यू भिजन ग्रुप दक्षिण कोरियाको दोस्रो एतिहासिक अधिवेशन मिति:२०२१/०९/१२ का दिन लुम्बिनी रेस्टुरेन्ट किम्हेमा सम्पन्न भएको छ। अधिबेसन संस्थाका संयोजक संजीव कुमार राईको सभापतित्वमा प्रमुख अतिथि कार्यवाहक राजदुत महामहिम राम सिंह थापा, बिशेष अथिती NRNA दक्षिण कोरियाको सचिब श्री सत्याल, निवर्तमान अध्यक्ष यज्ञराज सुबेदी लगाएत कोरियामा भएका बिभिन्न सघ-संस्था, राजनैतिक संगठन,जातीय संघसंस्था, क्षेत्रीय संस्थाहरूको आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रम उक्त संस्थाका सचिव जीवन शर्माले संचालन गर्नुभएको थियो। यो संस्था सामाजिक सेवामूलक कामलाई प्राथमिकता राखी विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरू बिच भैपरी आउने समस्याहरूमा आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापना भएको हो। यो संस्थाले सामुहिक लगानीको अवधारणालाई समेत आत्मसाथ गर्दै अगाडी बढ्ने छ। यो संस्थाले नेपाल तथा कोरियामा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ। जस अन्तर्गत नेपालमा नेत्रहिन संघको केन्द्रीय कार्यालयमार्फत विभिन्न सामग्री नेपालमा हस्तान्तरण , धुर्मुस-सुन्तली foundation लाई आर्थिक सहयोग, अग्नी पीडित बालबालिकालाई आर्थिक सहयोग लगायत विभिन्न सामाजिक कार्यहरु गरेको छ। संस्थाले युवाहरुको एकता नयाँ सोचको अवधारणा समृद्धिको चाहना भन्ने मूल नाराको साथ गतिविधि गर्दै आइरहेको छ।
अधिवेशनले दीपेन्द्र अधिकार ज्युको संयोजकत्वमा ४३ सदस्यिय कमिटी निर्माण गरेको छ। जसमा उप-संयोजक: उत्तम लामिछाने, तागेन्द्र राई, सचिबमा जीवन शर्मा, सह सचिबमा राम पौडेल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सह कोषाध्यक्षमा ओम भण्डारी निर्वाचित भएका छन्। आगामी दिनहरुमा पनि संस्थाले निरन्तर सामाजिक कार्यहरुमा लाग्दै सबै सस्थाहरु सङ्ग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएको छ।
कामदार दैनिक परिवार अध्यक्ष दीपेन्द्र अधिकारी लगायत सम्पूर्ण पदाधिकारीीहरूलाई सफल कार्यकालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछ।