बेखबर( कविता)

कोरियाअपडेट समाचार साहित्य

-कमलेश घरडी

 

तेल सक्किएर धिपधिप बलेको दियोमा
मैले मेरो जिवनको अन्त्य देखेको छु
सकारात्मक ‘स’ ले बलिरहोस लाग्छ
नकारात्मक ‘न’ ले निभे हुँदो हो लाग्छ

 

 

केही चमक छ दियोमा
धेरै नैरश्यता
मालुको पातले सिगारिएर
विशुद्ध तेलको भण्डारमा
बातोको भरले
अग्निको भरपोषण गर्दैछ।
बातो मतलबी निक्ल्यो
तेल छउन्जेल टाढै बाट चम्किरह्यो
उस्को तातोको प्रहार
दियोको छेउसम्म पनि पुगेन
जब खुराक कम पर्‍यो
अग्नि माझ्घर उक्लिएको छ
पुरै दियो तातेको छ

 

 

साच्चै बातो मत्लबी थियो र?
उ के स्वार्थ परस्त हो र?
के आफुलाई भर दिएको दियोको
अस्तित्व सखाप पारेको हो र?

 

 

अँह, हुँदै हैन,

 

सन्ततिको जरा
कुलतमा गडाएर
मुखमा आगो झोसी
दुनियाँमा रमाउन सकिएला
तर दिगो हुँदैन
ताप र चाप सकुञ्जेल सहेकै हो
तर गजिल्टोले अंगाले पछि के लाग्थ्यो र
बातोको सहाराले
दियोको तेल
चुस्न पाएको अग्नि
पुरै ननिली का छोड्थ्यो र

 

 

बस् , जिन्दगी यस्तै चलेको छ
कुन दिन त्यो धिपधिप

मेरो धुकधुकी बन्द हुने हो
अरुको लागि देखेको एक बातो निभ्ला
तर दियो सहित पुरै खरानी भएको
अन्ताज कसैले गर्ने छैनन्

Facebook Comments Box