जेजुमा पासर्पोट बनाउने सँगै पासर्पोट मात्र भएकाको पनि Gmoney र सिदार्थ बैंकको खाता खोल्न मिल्ने

कोरियाअपडेट समाचार

कामदार दैनिक संवाददाता

सौल, दक्षिण कोरिया

 

अक्टोबर ३१ तारिकका दिन नेपाल दुताबासले जेजुदोमा रहेका नेपालीहरूको लागि राहदानी नबिकरण, लाइसेन्सको प्रमाणिकरण लगायत बिभिन्न सेवाहरू उपलब्ध गराउने भएको छ। 외국인근로자 지원신터 मा सञ्चालन हुने उक्त कार्यक्रममा GmoneyTrans ले आफ्नो सेवा समेत उपलब्ध गराउन लागेको छ। GmoneyTrans ले शनिवार र आइतबार माउन्ट एभरेष्ट रेष्टुरेण्टमा सेवा दिने छ भने आइतबार पासपोर्ट बनाउने ठाउँमै सेवा उपलब्ध गराउन लागेको हो।

 

 

 

 

उक्त कार्यक्रममा सिदार्थ बैंकको पनि सम्पूर्ण सेवाहरू लिन सकिनेछ। बैंक खाता खोलिनुको साथै मोबाइल बैंकिङ र डिम्याट खाता एक हप्तामै एक्टिभेट गर्न सकिने छ। दक्षिण कोरियाको चिर परिचित रेमिट GmoneyTrans ले आफ्नो सेवा सुबिधाहरु बिस्तार गर्ने क्रममा आफ्ना ग्राहक महानुभावहरुका निम्ति बिभिन्न सेवा सुबिधा सहितको बहुउपयोगी Gmoney card( एटिएम कार्ड) लिएर आएको छ। यो कार्ड बैंकको एटिएम कार्ड जस्तै गरि प्रयोग गर्न सकिने, बैंकको एटीएम कार्डमा भन्दा धेरै सेवाहरू हुने, बोनस पोइन्टहरू पनि अत्यधिक हुनुको साथै दुई करोड वन सम्मको दुर्घटना अशक्तता बिमा हुने र पासपोर्टमात्र भएकाले पनि सहजै प्रयोग गर्न सक्ने भएकाले बिधार्थी र पासपोर्टमात्रै भएका सम्पूर्ण कोरिया बासी नेपालीहरुका लागि यो सेवा अति उपयोगी रहेको छ। उक्त कार्यक्रममा बहुउपयोगी एटियम कार्ड समेतउपलब्ध रहेको छ।

 

 

 

स्मरण रहोस् GmoneyTrans नेपालले यस अघि नै नोङ्हेब( 농협)बैंकका जुनसुकै खाता नम्बरहरूबाट पनि अटो डेबिट बनाउन सकिने सेवा सञ्चालन गरिसकेको छ साथै Gmoney रजिस्टर गर्ने बित्तिकै JB Bankको खाता नम्बर उपलब्ध गराई त्यसैमा तलब बुझि सम्पूर्ण सेवा सुबिधाहरु लिन सकिने भएकोले बिशेष गरि पासपोर्टमात्रै भएका र बिधार्थीहरुका निम्ति यो सेवा अत्यन्तै उपयोगी रहेको छ।

 

Facebook Comments Box