सुदुरपश्चिम समाज कोरियाको देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न

कोरियाअपडेट समाचार

-कमलेश घरडी

दक्षिण कोरिया 

सुदुरपश्चिम समाज कोरियाले देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न भएको छ ।कोरियामा मनाइने लुनार कलेण्डरको नयाँ वर्ष सल्नालको अवसरमा फेब्रुअरी १ तारिकका दिन सुदुरपश्चिम समाज,कोरियाले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट डोटेली गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम सम्पन्न भएको हो ।

 

हाम्रो संस्कृतिलाई जगेर्ना गर्ने र विशेष गरी कोरियामा रहनुभएका सुदुरपश्चिम बासी दाजुभाई तथा दिदी बहिनीहरू बीच एकता र सद्भाव बढाउनका निमित्त भव्य र सभ्य तरिकाले देउडा संस्कृतिका क्षेत्रमा परिचित गायक गायिकाहरूको सहभागितामा ” देउडा गायन तथा गजल वाचन भर्चुअल कार्यक्रम” सम्पन्न गरेको सुदुरपश्चिम समाज कोरियाका पुर्वअध्यक्ष लाल साँउदले जानकारी दिए । सुदुरपश्चिम समाज कोरियाका अध्यक्ष यज्ञमानको अध्यक्षता र नेपाली दुताबास कोरियाका श्रम सहचरी रमा भट्टराईज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका महासचिव योगेश बोहराले गरेका थिए। समाजका उपाध्यक्ष महेश भट्टले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय सुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायर, सुदूरपश्चिम समाज, कोरियाका वरिष्ठ सल्लाहकार डाँ अग्नीराज कोइराला, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाही , सुदुरपश्चिम समाज कोरियाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार वीर पाल, सुदुरपश्चिम समाज कोरियाका पूर्व अध्यक्ष धर्मराज जोशी ले शुभकामना मन्तव्य राखेका थिए।

वरिष्ठ लोक देउडा गायक भोजराज भट्ट, चर्चित गायकहरू उमाशंकर जोशी, लालबहादुर धामी(अछामी बड्डो), टंक तिमिल्सेना, भरत भट्ट , नरेन्द्र रावल, बाल कलाकार सुप्रिम मल्ल ठकुरी, चर्चित गायिकाहरू रेखा जोशी, गौरी भट्ट, लक्ष्मी आचार्य, पुष्पा बोहरा लगायतले आफ्ना प्रस्तुति दिएका थिए। कमलेश घरडी, कृष्ण भण्डारी, नेत्र कुँवर , ईन्द्र खडका, जगदीश घरडी, बल्देव दयालले पनि आफ्ना कविता, गजल र गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घोषण नवोदित गायिका निरुता खत्रीले गरेकी थिईन् भने जुममा ९० जनाभन्दा बढीको संख्यामा सहभागीहरु जोडिएका थिए।

कार्यक्रमको समापनमा कार्यक्रम संयोजक लालबहादुर साउदले सबैलाई धन्यवाद दिदैँ फेरी फेरी यस्ता कार्यक्रम गरिने बताए। यसैबीच समाजका अध्यक्ष यज्ञमान नायकले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, कलाकार, सल्लाहकार, पदाधिकारी एवं सदस्यज्युहरू सबैलाई धन्यवाद दिदैँ सल्नालको समेत शुभकामना व्यक्त गर्नुभएको थियो।

Facebook Comments Box