सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्षमा उत्सव खड्का

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

 

“आपसि सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासि मिलनको आधार” भन्ने नाराका साथ २०१४मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ।

निवर्तमान अध्यक्ष नबिन श्रेष्ठको सभापतित्वमा कोरियाको लागि नेपालि कार्यबाहक महामहिम राजदूत रामसिंह थापा ज्युको प्रमुख अतिथ्यता तथा एनआरएन दक्षिण कोरियाको अध्यक्ष दिपक पुनको विशेष अतिथ्यतामा मिति २०२२ जनवरी ३१ तारिखमा सम्पन्न चौथो अधिवेशन वाट अध्यक्षमा सर्वसम्मत रुपमा उत्सव खड्का ,बरिष्ठ उपाध्यक्षमा वेदनाथ आचार्य,उपाध्यक्षमा उत्तम खनाल, लोप्चन तामाङ र सपना अधिकारी ,सचिवमा  बिशाल श्रेष्ठ, सह-सचिवमा निमा शेर्पा र प्रवन पराजुली, कोषाध्यक्षमा नवराज पाोण्डे,सह- कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यहरुमा  जयराम कोइराला, कर्साङ तामाङ, गोपाल पौडेल ,दोर्जे शेर्पा, उर्मिला सिंह, बसन्त थापा र बर्षा तामाङ निर्वाचित भएका छन्।

 

 

त्यसैगरि संरक्षकमा के.पि चौलागाइँ र सल्लाहकारमा सन्जिब भण्डारी, नबिन श्रेष्ठ र दिपक बन्जरा निर्वाचित भएका छन्।

 

 

कामदार दैनिक परिवार अध्यक्ष उत्सव खड्का लगायत सम्पुर्ण नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

 

Facebook Comments Box