पाँच ” स” को अध्यक्षमा कमल भण्डारी

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया ।

 

पूर्वीय कला, धर्म, संस्कार अनि नेपाली संस्कृतिको संरक्षण र संवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित सकृय संस्था सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” को पाचौं अधिवेशन तथा साधारण सभा संस्थाका अध्यक्ष प्रेमराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूताबासका श्रम सहचारी रमा भट्टराई, बिशिष्ट अतिथिहरुमा NRNA कोरियाका अध्यक्ष श्री दीपक पुन NRNA ICC सदस्य डा. देवी बहादुर बस्नेत NRNA दक्षिण कोरियाका निवर्तमान उपाध्यक्ष यदु लामिछाने तथा सल्लाहकार श्याम खड्का , किशोर कोइराला लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।

 

उक्त कार्यक्रमा वक्ताहरूले संस्थाले खेलेको भूमिकाका बारेमा प्रसंशा गर्दै संस्थालेधर्म,संस्कृति ,परम्परा,रीतिरिवाजकाको संरक्षण सम्बर्द्धनमा खेल्नु पर्ने भूमिकाका सम्बन्धमा समेत सजगताका साथ लाग्नु पर्ने विषयमा प्रकाश पार्नु भएको थियो । वेदध्वनिसहित स्वस्तिवाचनबाट सुरु भएको उक्त कार्यक्रममा सबै अतिथिहरुलाई संस्थाका उपाध्यक्ष गुरुदत्त न्यौपानेले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक प्रमुख संरक्षक एकराज दाहालले मन्तव्य दिनेक्रममा परदेशमा रहेर पनि आफ्नो धर्म, कला, संस्कार संस्कृतिको संरक्षण गरी विश्वबन्धुत्वको भावना जागृत गराउन संस्थाको स्थापना गरिएकोमा आज सस्थाले सार्थकता पाउँदै गएको धारणा व्यक्त गर्नुभयो । संस्थाका महासचिव श्याम अर्यालले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा महासचिवको प्रतिवेदन भने सचिव सागर रेग्मीले अनि कोषको लेखाप्रतिवेदन र आयव्यय विवरण संस्थाका कोषाध्यक्ष नरेश मेहताले प्रस्तुत गर्नुभएको थियो ।

 

 

अधिवेशनले कमल भण्डारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने बाकि ४ जना सदस्य पछाडि कार्यसमितिले मनोनित गर्ने छ। नवनिर्वाचित कार्यसमिति निम्न प्रकार रहेको छ ।

संस्थापक संरक्षक : एकराज दाहाल संरक्षकहरू :

१)लोकराज न्यौपाने

२) प्रेमराज अधिकारी

आजीवन संरक्षकहरू :

१) श्याम खड्का

२) मोहन कार्की

३) आनन्द सिलवाल

४) किशोर कोइराला

५) गणेश रिजाल

६) सुशील खाँड

अध्यक्ष : कमल भण्डारी

वरिष्ठ उपाध्यक्ष : गुरुदत्त न्यौपाने

उपाध्यक्षहरू :

१) नरेश मेहता

२) विष्णु गौतम

३) सागर रेग्मी

४) विष्णु थापा

महिला उपाध्यक्ष : पार्वता ढकाल

महा-सचिव : श्याम अर्याल

सचिवहरू :

१) प्रेम रोयल ठकुरी

२) हरि प्रसाद भट्टराई

३) चुरामणि भण्डारी

४) शालिग्राम अर्याल

कोषाध्यक्ष : महेन्द्र सापकोटा

सह- कोषाध्यक्ष : राजन थापा

कार्यसमिति सदस्यहरू:

१) भुवन खनाल

२) राजुहाङ लिम्बू

३) निराजन ढकाल

४) लक्ष्मण अधिकारी

५) शोभा अर्याल

६) जयन्ती घिमिरे

७) शिवराज अधिकारी

 

कामदार दैनिक परिवार अध्यक्ष कमल भण्डारी लगायत सम्पुर्ण नव निर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

 

Facebook Comments Box