सन्तोष खड्का
सौल, दक्षिण कोरिया
११२औँ अन्तरराष्ट्रिय नारी दिवश २०२२ को उपलक्ष्यमा “कुसंस्कार तोडौं पुर्वाग्रह छोडौं , लैङ्गिक मैत्री समाज निर्माणतिर मोडौं” भन्ने नाराका साथ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया र नेपाली राजदुतावास सउलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम २०२२ मार्च ८ तारिख मंगलवारका दिन बेलुकी ७:४५ बजे भर्चुअल माध्यम Zoom बाट हुने भएको छ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको साथै यो कार्यक्रमले समाजमा भएको लैङ्गिक असमानता र कुसँस्कार न्यूनिकरण गर्नको लागि सहयोग हुने यो कार्यक्रममा की संयोजक एंव NRNA KOREA कि महिला संयोजक सुजाता बस्नेतले बताइन्।
उक्त कार्यक्रममा जुम मार्फत सहभागि हुन सकिनुको साथै उक्त कार्यक्रमको लाईभ NRNA KOREA र कामदार दैनिकको फेसबुक पेजबाट हेर्न समेत सकिने आयोजकले बताएको छ। उक्त कार्यक्रमको विवरण यसप्रकार रहेको छ ।
मिति:२०२२ मार्च ८, मंगलवार
समय: बेलुकी ७:४५ बजे
स्थान:भर्चुअल Zoom
आईडी: 893 3291 6197
पासकोड:977977