सौल। प्रमुख प्रतिपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) का युन सुक-योल बिहीबार बिहान कोरियाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले आगामी पाँच वर्षका लागि देशको नेतृत्व गर्ने जिम्मेवारी लिएका छन्।
बिजयी भएपछी उनले “यो एक तातो दौड थियो, र मैले प्रचारको क्रममा धेरै कुराहरू सिके,” युनले भने। “म विश्वास गर्छु कि नतिजा जनताको ठूलो जीत हो, न कि मेरो, पीपीपी, आन चेओल-सू र पीपुल्स पार्टीको जित।” पिपुल्स पार्टीका उम्मेदवार आनले चुनावको एक साताअघि आफ्नो अभियानलाई युनसँग गाभेका थिए।
‘म पनि अर्का उम्मेदवार ली जे-म्युङ र जस्टिस पार्टीका उम्मेदवार सिम साङ-जुङप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु, र म कोरियाली राजनीतिको प्रगतिको लागि उहाहरुको योगदानको उच्च मूल्याङ्कन गर्छु,” युनले थपे “म पदभार ग्रहण गर्दा संविधान र राष्ट्रिय सभाको भावनालाई सम्मान गर्नेछु र जनताको राम्रो सेवा गर्न विपक्षी दल (डिपीके) को सहयोग लिनेछु।’
कोरियाको राष्ट्रपति चुनाव मध्ये सबैभन्दा झिनो मतले बिजयी भएका ६१ वर्षीय युन पुर्व प्रमुख प्रोसेक्युटर हुन् । उनि पहिलो पटक राजनितीमा आएका हुन्।राजनीतिक अनुभव नभएका उनले कोरियालाई कसरी नेतृत्व दिनेछन् त्यो भने हेर्न बाँकी नै छ।
(साभारःNaya Dainiki)