जनसम्पर्क समिति कोरियाले स्व.गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गर्ने कार्यक्रमको तयारी पुरा

कोरियाअपडेट समाचार

सन्तोष खड्का

सौल, दक्षिण कोरिया

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुषनेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमानेपालीकाङ्ग्रेसकोआगामी यात्राशीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ..२०२२०३२० तारिख, आइतबारका दिन  गर्नेकार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको  जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र  क्षेत्रीले बताएका छन्।

 

उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसकाकेन्द्रीय सहमहामन्त्री बद्री पाण्डे राजनीतिक बिश्लेषक  पुरञ्जन आचार्य रहने हुनाले कार्यक्रम ज्यादै उत्साहजनक हुने आफुहरुले विश्वास लिएको साथै कार्यक्रममा सहभागीताको लागि केन्द्र देखि क्षेत्र सम्मसुचित गरिसकिएको कार्यक्रम भब्यताका साथ सम्पन्न गर्नको नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया सक्रिय रहेको नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति एवं यस कार्यक्रमका संयोजक लक्ष्मण दाहालले जनाएका छन् साथै  यो खुल्लाकार्यक्रम भएकोले नेपाली कांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने  एंव सम्पूर्ण कोरियावासी नेपालीहरुलाईकार्यक्रममा सहभागी हुन समेत उनले हार्दिक अनुरोध गरेका छन्।

 कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृतिदिवसकोअवसरमानेपाली काङ्ग्रेसको आगामी यात्राशीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुने कार्यक्रमराजनीतिक कार्यक्रमको साथै सानो बि.पि भनेर चिनिने बिश्व प्रकाश शर्मा प्रमुख बक्ताको रुपमा रहने उनको छबि साझा लोकप्रिय नेताको रुपमा रहेको हुनाले पनि सम्पूर्ण नेपालीदाजुभाई दिदिबहिनिहरु कार्यक्रममा सहभागी भएर लाभान्वित हुन सकिने जनसम्पर्क समिति कोरियाका प्रवक्ता प्रकाश देवकोटाले बताए।कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले बताएको छ।

 

कार्यक्रम निम्न बमोजिम रहने :

मिति: ..२०२२०३२० तारिख, आइतबार

समय: विहान बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय)

माध्यम जुम भर्चुल साथै फेसबुक लाईभ

जुम आईडी : 778 472 2407

पासकोड:  jayanepal

जुम लिङ्क:

https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09

Facebook Comments Box