डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको छैटौं अधिवेशन आज मिति २०२२ मार्च २० तारिक आइतबारका दिन भर्चुअल माध्याम बाट सम्पन्न  भएको छ।

पुर्वान्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई को प्रमुख आतिथ्यता र सस्थाका सस्थापक एबम संरक्षक डा देबि बस्नेतको विशिष्ट आथित्यमा सपन्न भएको  उक्त कार्यकमले नयाँ कार्यसमितिको अध्यक्षमा विस्वास रायमाझी लाई सर्बसहमतिमा निर्विरोध चयन गरेको हो। त्यस्तै महासचिवमा खेमराज भट्टराई पनि निर्बिरोध निर्वाचित भएका छन्।

डाइनामिक मोरङ कमिटीले बिगत एक दशक भन्दा  लामो समय देखि कोरिया र नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ। कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै परदेशी भुमिमा विभिन्न कारणले समस्यामा परेका हरेक नेपालीहरुलाइ सहयोग गर्ने साथै नेपालमा समय समयमा हुने दैवीप्रकोप ,प्राकृति प्रकोप जस्ता भैपरी आउने समस्यामा हरेक क्षेत्रमा यथाशीघ्र सहयोग सामग्री उपलब्ध गराएर सहयोग गर्दै आएको छ।आगामी दिनमा पनि अझ ससक्त तबर बाट निरन्तर कोरिया र नेपालमा रहेका हरेक नेपालिको समस्यमा यथासिघ्र साथ सहयोग गर्ने  साथै सस्थालाइ आगामी दिनमा अझ प्रभावसाली तबर बाट अगाडि बडाउने गरि काम गर्ने नबनिर्वाचित अध्यक्ष बिश्वास रायमाझीले बताए। साथै आफुलाइ बिश्वासका साथ कोरियामा रहेका मोरङ्गेले हरुले सस्थाको जिम्मेवारी प्रदान गरेकोमा सम्पूर्णलाई धन्यवाद समेत दिएका छन्।

निर्वाचित कार्यसमितिको पुर्ण विवरण यस प्रकार रहेको छ।

अध्यक्ष: बिश्वास रायामाझी
वरिष्ठ उपाध्यक्ष: मातृका भट्टराई
उपाध्यक्ष : भिम मगर
महासचिव: खेमराज भट्टराई
सचीव : प्रकाश थापा
कोषाध्यक्ष: अन्जना भट्टराई
सह- कोषाध्यक्ष: सुनिल बस्नेत
सदस्यहरु : रबिन कुमार बान्तवा
” पुष्कल केशी
” प्रमोद पवन भट्टराई
” मोहन सिंह गनगाइ
” सन्जिब पौडेल
” सन्देश रायमाझी
” नबराज ढुंगाना

निर्वाचित अध्यक्ष बिश्वास रायामाझी लगायत निर्वाचित सम्पूर्ण कार्यसमितिलाई कामदार दैनिक परिवार हार्दिक बधाई एवं  सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box