वुमन फर वुमनद्नारा निबर्तमान अध्यक्ष ऋतु श्रेष्ठलाई बिधाइ कार्यक्रम सम्पन्न

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

कोरिया स्थित रहेको महिलाको लागी महिला , साझा संस्थाले आफ्नो निवर्तमान अध्यक्ष ऋतु श्रेष्ठलाई भव्य विदाई गरेको छ । उक्त कार्यक्रममा सस्था प्रति चासो राखेर उल्लेखनीय ब्यक्तिहरुको उपस्थित रहेको थियो।

कार्यक्रममा विदाई हुदै गर्दा श्रेष्ठले गरेको काम , हुन सक्ने गतिविधि र सहकर्मीहरूको साथका विषयमा खुलेर वोल्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता गरी राख्नु भएकी पार्वती लामाले भर्खर निर्वाचित हुनु भएको थियो । उहॉंले आफ्नो कार्यकाल सफल वनाउदैँ आफुलाई जिम्मेवारी प्रदान गर्नु भएकोमा अध्यक्ष श्रेष्ठ लगाएत निवर्तमान समितिलाई वधाई एवं धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  साथै कोरिया स्थित रहेका महिला दिदीवहिनीहरू सबैलाई समाहित गर्दे सुख दुःखमा संगै वोमन फ़र वोमन  संकाय रहने समेत  वताउदैँ हिजोका दिनमा गर्न नसकेको कामहरू र आजका दिनमा देखिएका समस्याहरूमा काम गर्ने दृढ़ संकल्प  समेत व्यक्त गर्नु भयो।

 

उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू , सल्लाहकारहरू , पुर्व अध्यक्ष ज्यू लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम  2022 मार्च 27 तारिकका दिन रोयल नेपाल रेस्टुरेन्टमा साँझ ६.३० बजे आयोजना भएको थियो।

Facebook Comments Box