कोरियामा तीन संस्थाको सहकार्यमा शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम हुने

कोरियाअपडेट समाचार

सिन्धुपाल्चोक समाज दक्षिण कोरिया ,रामेछाप सम्पर्क समिति द.कोरिया र दोलखाली समाज दक्षिण कोरियाले विभिन्न शिलशिलामा कोरियामा बसोबास गरिरहेका नेपालीहरुको स्वास्थलाई मध्यनजर गर्दै शारीरिक तथा मनोरोग परामर्श कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा डा. सन्जिब चन्द्र गौतम (न्यूरो मनोचिकित्सक, शंकरापुर हस्पीटल) र डा. रमेश ढकाल(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विज्ञ सल्लाहकार, शंकरापुर हस्पीटलका निर्देशक) बाट प्रशिक्षण हुनेछ ।

उक्त कार्यक्रम” अप्रिल ९ तारिखका दिन साझ ८ बजे भर्चुअल माध्यम जुमबाट गरिने आयाेजक कमिटीले जनाएको छ ।

कार्यक्रममा सुगर, प्रेसर, ग्यास्ट्रिक लगायत डिप्रेसन,एन्जाइटि,ओसोडि, तनाब आदि बारे परामर्श दिइनेछ । उक्त कार्यक्रममा काेरियामा अवस्थित सम्पूर्ण नेपालीहरु सहभागी हुन सकिने बताइएको छ ।

उपस्थितिका लागि जुम आइडी 86074857593
पासकोड: healthcare बाट जाडिन सकिने छ ।

Facebook Comments Box