कामदार दैनिक
सौल, दक्षिण कोरिया ।
१० अप्रिल २०२२ आइतबारका दिन नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाको आयोजनामा राजधानी सिओलमा सम्मान तथा अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ।
NCC का अध्यक्ष श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा १०औँ महाधिवेशनबाट (शेष घले समुहले गरेको महाधिवेशनबाट) निर्वाचित गैह्रआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष बिनोद कुँवर, प्रवक्ता प्रकाश धमला, सचिब जुनु गुरुङ लगायत नवनिर्वाचित सिङ्गो कार्यसमितीलाई बधाई ज्ञापनसहित कार्यसफलताको शुभकामना व्यक्त गर्दै सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा खादा र दोसल्ला ओढाई पुष्पगुच्छा प्रदान गर्दै अविरजात्राको साथ नवनिर्वाचित अध्यक्ष विनोद कुँवरलगायत पदाधिकारीहरूलाई सम्मान गरिएको थियो।
सम्मान तथा अन्तरक्रिया कार्यक्रममा गैह्रआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष श्री विनोद कुँवरज्यूले आफू र आफ्नो नेतृत्वमा रहेको NRNA नै आधिकारिक र विधिसम्मत भएको, आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको र यो जिम्मेवारीलाई सबैसँग हातेमालो गरेर कुशलतापूर्वक सम्पन्न गर्ने अठोटसमेत व्यक्त गरे। त्यस्तै देशको अर्थतन्त्रलाई उठाउन र स्वदेशमै युवाहरूलाई रोजगारी सिर्जना गर्न पनि प्रवासी भूमिबाट आर्जित पूँजी, सीप र प्रविधिको उचित सम्योजन गरी उत्पादनमूलक सम्यन्त्रको विकास तथा उद्योगधन्दा एवम् कलकारखाना निर्माणजस्ता श्रेत्रमा लगानी तीव्रतर ढङ्गले गर्ने बताउदैँ पिछोडिएको क्षेत्र तथा विपन्न समुदाय लक्षित प्रत्यक्ष राहत हने खालको सामाजिक कामलाई पनि बढोत्तरी दिने लगायतका भावि योजनाहरूसमेत प्रष्ट पार्दैँ NRNA लाई अनावश्यक राजनीतिक हस्तक्षेपमुक्त गरी एउटा स्वतन्त्र र सामान्य व्यक्तिले पनि नेताको ढोकामा नगई असल कामको आधारमा नेतृत्व लिन सक्ने वातावरण पैदा हनुपर्नेमा जोड दिए।
त्यस्तै गरी कार्यक्रमका विशिष्ट अतिथिहरू क्रमश: गैह्रआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद प्रवक्ता प्रकाश धमला, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया अध्यक्ष इश्वर कठायत, NRNA दक्षिण कोरिया विधान परिमार्जन समिति सम्योजक अग्नी कोइराला, Women For Women की वरिष्ठ उपाध्यक्ष रूपा गुरुङ, Women For Women की निवर्तमान अध्यक्ष मल्लिका ठकुरीलगायतले आफ्नो धारणाहरूको साथमा वधाई तथा शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमका अतिथिहरूको रुपमा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडा, समाज सेवी प्रशान्तराज वानियाँ, NRNA ख्यङ्गिदो-ईन्छन क्षेत्रीय कमटी अध्यक्ष पुरुषोत्तम गौतम, दोलखाली समाज प्रमुख सल्लाहकार लालकाजी बस्नेत, राप्ती समाज अध्यक्ष ओमलाल ओली, स्याङजा समाज अध्यक्ष विजय थापा, पर्वत समाज अध्यक्ष नवीन पराजुली, दोलखाली समाज तथा शेर्पा समाज सल्लाहकार कुसाङ्ग शेर्पा, चितवन सम्पर्क समिति अध्यक्ष राजकुमार स्याङ्तानलगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यस क्रममा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष जीवन खतिवडाले गैह्रआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष विनोद कुँवरलाई फुटेरभन्दा जुटेर जाने कुरामा जोड दिन, सबै असन्तुष्ट पक्षहरूलाई पनि मिलाएर लगी साझा नेतृत्व स्थापित हुन तथा हाल श्रीलङ्कामा देखिएको आर्थिक सङ्कट र पाकिस्तानमा देखिएको राजनीतिक सङ्कटसमेतलाई ध्यान दिँदै नेपालमा ती सङ्कटमुक्त हुने कुरामा राज्यलाई सहयोग गर्न यहाँ भित्रका विकृति विसङ्गतिलाई निराकरण गर्ने वातावरण बनाउनसम्म सुझाएका थिए।
उक्त कार्यक्रमको सञ्चालन NCC का महासचिव अभिषेक सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ सल्लाहकार राजेन्द्र दुलालले राखेका थिए।