राजदुताबास, थेजन नेपाली समाज र एनआरएनए छुङ् छन् ले अन्तरक्रिया कार्यक्रम गर्ने

कोरियाअपडेट समाचार

शुसिल खनाल

सौल, दक्षिण कोरिया ।

नेपाली राजदुताबास सौल, थेजन नेपाली समाज . कोरिया तथा एनआरएनए छुङ् छन्  क्षेत्रिय समितिथेजनको संयुक्त आयोजनामायहीँ मिति २०२२/०५/२९ को दिन मध्याह्न १२ बजे नेपाल राजदुतावास सउलका कार्यबाहक  राजदूत तथा श्रम सहचारीहरुको टोलिउपस्थित भई थेजन स्थित सगरमाथा रेस्टुरेन्टको सभाहलमा श्रमिकका समस्या, घर फिर्ती तयारी तथा  राजदुतावासले प्रदान गर्ने सेवासम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

 

उक्त कार्यक्रममा नेपाली मजदुर हरुको विभिन्न चासो गुनासो, भिजा अबधि समाप्त भयको तथा भिसा नभएको नेपालीहरु को स्वदेशफिर्ता समन्धी कागजात,नयाँ श्रम निय, विभिन्न प्रकारका बिमा, भिजिट भिसा मा रहनु भयको हरु को समस्या तथा काम गर्ने कम्पनी माहुने दुव्र्यवहार साथै दुर्घटना न्यूनीकरण संबंधित यावत विषयमा  छलफल तथा अन्तरक्रिया हुने एनआरएनए छुङ् छन् क्षेत्रियसमितिथेजनका अध्यक्ष चित्र राज पाठकले बताए।

 

यस कार्यक्रमबाट सम्पुर्ण ब्यक्तिहरु लाभान्वित हुन सक्ने भएकोले सबै जना उपस्थित भई  कार्यक्रम सफल बनाईदिनको लागि थेजननेपाली समाज . कोरियाका अध्यक्ष राम खनालले बताए।

 

Facebook Comments Box