शुसिल खनाल
सौल , दक्षिण कोरिया ।
नेपाल गोरखा परिवार दक्षिण कोरियाको बनभोज कार्यक्रममा नेपाली राजदुतावास दक्षिण कोरियाको तर्फबाट श्रम सहचारी रमा भट्टराई, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, मगर संघ दक्षिण कोरियाका अध्यक्ष, तमुधि दक्षिण कोरियाका अध्यक्ष, पाँच स दक्षिण कोरियाका महासचिब, स्याङजा परिवार दक्षिण कोरियाका सचिब, तनहुँ सम्पर्क समितीका प्रतिनिधी,गुल्मी सम्पर्क समितिका अध्यक्ष तथा बिभीन्न संघ सँस्था का प्रतिनीधीहरु, बिभीन्न पेशा तथा ब्यबसाय गर्ने ब्यबसायीहरु, पत्रकारहरु, अध्यनको सिलसिलामा कोरियामा अध्यनरत बिधार्थी बर्गहरु, बिभीन्न माध्यम मार्फत कोरिया आई हाल कोरियालाई आफ्नो कर्मथलो बनाई बस्नुहुने बिशिष्ट व्यक्तित्वहरु, नेपाल गोरखा परिवार दक्षिण कोरियाका सल्लाहकारहरु को सहभागिता रहेको थियो।
आयोजक समुहलाई धन्यबाद तथा कार्यक्रम सफल भएकोमा बधाई दिँदै यस्ता कार्यक्रमहरु समय समयमा भईराख्नु पर्ने र बिभीन्न ठाउँ, तह र तप्काका नेपालीहरुलाई एकै सुत्रमा बाँध्न यस्ता कार्यक्रम हरुले धेरैनै महत्वपुर्ण भुमिका खेल्ने त्यहाँ सहभागि हरुको भनाई थियो।बनभोज कार्यक्रम मा सहभागी पत्रकार गुरुदत्त न्यौपाने ले नेपाल गोरखा परिवारले सही समय मा बनभोज कार्यक्रम गरेर आम कोरिया बासीलाई मनोरनजन तथा आपसी सामीप्यता प्रगाढ गर्न सहयोग पुग्ने बताउनु भयो।साथै आयोजक समितीका तर्फबाट अध्यक्ष नवराज भट्टराई ले सहभागि सम्पुर्णमा विशेष धन्यबाद दिँदै यो कार्यक्रम सफल हुनुमा सम्पुर्ण सहभागी आदरणिय ब्यक्तित्व हरुको बिशेष भुमिका रहेको र सम्पूर्ण कार्यसमिती सदस्यहरुले आ-आफ्नो तर्फबाट धेरै नै मेहनत गर्नु भएको मा धन्यवाद व्यक्त गर्नु भयो।संस्थाका सचिब बुद्दी नेपालले बनभोज कार्यक्रम मा केही कमीकमजोरी हुन गएको भए आयोजक को तर्फबाट अर्को पटक सुधार गर्ने बताउनु भयो।
कार्यक्रमका झलकका केही फोटोहरू हेर्नुहोस ।