सन्तोष चौलागाई
सौल, दक्षिण कोरिया ।
2022 जून 12 तारिक आइतबार ओसान माइग्रेन्ट सेन्टरमा ओसान आसपासको नेपाली समुदायको भेला बाट “प्रवासी भुमिमा आत्मिय साथ ,आपत बिपतमा सहयोगी हात” भन्ने मुल नाराको साथ दीप गुरुङ्गको नेतृत्वमा ” नेपाली समाज ओसान दक्षिण कोरिया ” को गठन गरिएको छ।
अध्यक्ष : दीप गुरुङ्ग
उपाध्यक्ष :बिमला के सी
सचिव : प्रनिसा साक्य
सहसचिव :होम गुरुङ्ग
कोषाध्यक्ष :सरला श्रेष्ठ
कार्यसमिती सदस्यहरु
१.हिरा गुरुङ्ग
२.दिप मगर
३.तुलसा राई
४.एनसिना( लामा ) तामाङ्ग
संरक्षक : इतिका गुरुङ्ग
सल्लाहकार : १.भवानी प्रसाद पौड्याल
२. कमान सिंह राई
ओसान आसपासबाट उपस्थित नेपाली समुदायको भेलाले नौ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।संस्थाको अध्यक्षमा नियुक्त भएका दीप गुरुङ्ग इलाम नेपाल स्थायी घर भैइ हाल फेन्थेकमा कार्यरत छन । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेर कार्य सम्पादनको लामो अनुभव भएका दीप गुरुङ्ग कोरियामा नेपाली समुदायमा चिरपरिचित छन। उहाँले प्रबासी नेपालीहरुमा आपसमा सुख दु:ख साटासाट गर्न नेपाली समाज ओसान दक्षिण कोरियाको आवस्यकता महसुस भएर यस सस्था गठन गरिएको बताउनु भएको छ ।
संस्थाको संरक्षकमा बिगत 10 बर्ष देखी ओसान प्रबासी मजदुर सेवा केन्द्रमा दोभाषे तथा परामर्शदाताको रुपमा कार्यरत इतिका गुरुङ्गलाई नियुक्त गरिएको छ । उहाँले प्रबासी मजदुर युनियनको सहकार्यमा विभिन्न समस्यामा परेका बैधानिक तथा अबैधानिक रुपमा कोरियामा रहेका नेपालीहरुको समस्या समाधान गर्न महत्वपूर्ण सहयोग गर्दै आउनु भएको छ।तेसै गरि सल्लाहकारहरुमा धादिङ्ग समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौड्याल र दक्षिण कोरियाको सक्रिय सामाजिक संस्था ह्वासङ्ग नेपाली परिवारका अध्यक्ष कमान सिंह राईलाई नियुक्त गरिएको छ ।