परि बुढाथोकी
सौल, दक्षिण कोरिया
कोरिया स्थित रहेको महिलाको लागी महिला, साझा संस्था “वुमन फर वुमन “ ले सौलको मुटु दोङ्देमुनमा महिला सेल्टर पुन: सञ्चालनमा ल्याएको छ।
कोरियामा रहेका महिला दिदीवहिनीहरू सबैलाई समाहित गर्दे सुख दुःखमा संगै सहकार्य गर्दै आएको वोमन फ़र वोमनले कोरोनाको कारण सेल्टर सञ्चालन केही समयको लागि थाति राखेको भएता पनि कोरोनाको प्रकोप सहज भए सँगै महिला आवास गृह पुनः सञ्चालनमा ल्याएको हो।
सौलको मुटु दोङ्देमुनमा महिला सेल्टर पुन सञ्चालन हुन लागेकोले यसबाट धेरै महिला दिदिबहिनिहरु लाभान्वित हुन सक्ने वुमन फर वुमनकी अध्यक्ष पार्वती लामाले बताईन्। दोङ्देमुन स्टेसनबाट धेरै नजिक रहेको वुमन फर वुमनको महिला सेल्टरमा बस्नको लागि वुमन फर वुमनकी अध्यक्ष पार्वती लामा, बरिष्ठ उपाध्यक्ष रुपा गुरुङ र सचिव शुस्मा थापा सँग सम्पर्क गर्न सकिने छ। उहाँहरुको सम्पर्क नम्बर निम्न रहेको छ।
१.अध्यक्ष पार्वती लामाः 010-8535-8860
२. बरिष्ठ उपाध्यक्ष रुपा गुरुङः 010-2293-2730
३. सचिव शुस्मा थापा: 010-6567-0766