कोरियामा शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको जन्म जयन्ती भब्यताका साथ सम्पन्न

कोरियाअपडेट

शुशिल  खनाल

सौल/ दक्षिण कोरिया 

नेपाली राजनीतिका शिखर पुरुष, शान्ति र क्रान्तिका महानायक, जन आन्दोलन २०६२/६३ का सर्बोच्च कमान्डर तथा नेपाली काङ्रेस का सभापति एबम पुर्बप्रधानमन्त्री स्व .गिरिजा प्रसाद कोईराला को ९९ औ जन्म जयन्ती को अवसरमा जी.पि.फाउन्डेशन कोरिया ले यहि जुलाई १५ तारिखको दिन सुवनको को स्वयम्भु रेस्टुरेन्टमा दीपप्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको सभापतित्व फाउन्डेसनका अध्यक्ष डाक्टर अग्नि राज कोइराला ले गरेका थिए भने कार्यक्रम संचालन महासचिब डाक्टर किशोर कोइरालाले गरेका थिए।

 

उक्त कार्यक्रम मा प्रमुख अथितिको रुपमा जनसम्पर्क समिति कोरियाका सभापति ऋजु न्द्र बहादुर क्षेत्रीले कार्यक्रमको सफलता को कामना गर्दै स्व. गिरिजा प्रसाद कोइराला को योगदानको बारेमा चर्चा गरेका थिए।

उक्त कार्यक्रम भौतिक उपस्थिति साथै भर्चुअल माध्यम जुम मिटिंगबाट पनि सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा प्रजातन्त्र प्रति आस्था राख्ने कोरिया मा रहेका विभिन्न नेपाली समाजका गन्यमान्य महानुभाव हरुको उपस्थिति रहेको थियो।  उक्त कार्यक्रममा फाउन्डेसनका निर्देशक राजु के. सी. ले कार्यक्रममा आइदिनुभएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै फाउन्डेसनका क्रियाकलापलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढाउने विचार ब्यक्त गरेका थिए।

कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष डाक्टर टिकाराम अर्याल ले स्वागत मन्तब्य राखेका थिए भने उपस्थित सबै अथिति हरुले स्व. गिरिजा प्रसाद कोइरालाको तस्बिरमा माल्यार्पण गरेका थिए।

सो कार्यक्रम लाई जनसम्पर्क समितिका पूर्व सभापति, वर्तमान पदाधिकारी, एन आर एन प्रबक्ता र अन्य पदाधिकारी साथै सोनसिक संग सम्बन्धित महानुभावहरुले सम्बोधन गरेका थिए।उक्त कार्यक्रमको प्रबिधि संयोजन भने  डाक्टर ज्ञानराज कोइरालाले गरेका थिए।

Facebook Comments Box