बिक्रम बज्यू
सौल/ दक्षिण कोरिया
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ७ औ अधिवेशन विभिन्न प्रविधिक कारणले मिती सर्दै आइरहेको बेला अन्तता ७ औ अधिवेशन जुलाई ३१मा हुने भएको छ।
आगामी जुलाई ३१ तारिखमा हुन गैरहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ७ औ अधिवेशन र नयाँ कार्य समिति गठन का लागी निर्वाचन कमिटीले उम्मेदावरी दर्ता को लागी सुचना प्रकाशित गरेको छ।
उम्मेद्वारी दर्ता मिती 2022 जुलाई 23 तारिख देखी जुलाई 26 तारिख सम्म र उम्मेद्वारहरु बारे दावी / विरोध जुलाई 28 तारिख सम्म तोकिएको छ। त्यसै गरी उम्मेद्वारी फिर्ता लिन चहानेहरुले जुलाई 29 सम्म का लागी तोकिएको छ भने उम्मेद्वार हरु को अन्तिम नामावली जुलाई 30 तारिख प्रकाशन गरी 31 तारिख मा निर्वाचन हुने कुरा निर्वाचन कमिटी सदस्य अशोक प्रसाद मैनालीले कामदार दैनिक लाई जनकारी दिनुभएको छ।
Facebook Comments Box