नवलपुर समाज दक्षिण कोरिया द्वारा बिरामी लाइ सहयोग हस्तान्तरण

कोरियाअपडेट

विशाल श्रेष्ठ
नवलपुर जिल्ला हुप्सेकोट गाउपालिका वडा न ४ रुम्सिकि १९ बर्षिय  गीता बर्कटा मगरको उपचारको लाग़ी नवलपुर समाज दक्षिण कोरियाद्वारा सहयोग हस्तान्तरण भएको छ।

 गिता बर्कटा मगर को घाँस काट्ने क्रम मा रुख बाट लडेर ढाड्को मेरुदण्ड भाचिएको र हाल सम्म घर को सम्पती बेचेर भए पनि उपचार गर्दै गरेको आफ्नो सम्पती बेच्ने ठाउ कहि नभएपछि थप उपचार गर्न काठमाडौ लान को लागि भरतपुर हस्पिटल ले भने पछि बिरामीको आमा बुबाले सबै सङ्ग छोरी बचाइदिनको लागि सहयोग लागि अपिल गर्नु भयको थियाे। बिरामिको उपचार अति नै खर्चिलो लाग्ने भएको र आर्थिक अवस्था अति कमजोर भयको कारण ” नवलपुर समाज दक्षिण कोरिया “को बिशेष समन्वय मा ५८ जना बाट १३३५७७६ वन ,नेपाली रुपैयाँ १,२९,०१९/- (अक्षरुपि – एक लाख उन्तीस हजार उन्नाइस रुपैया) आर्थिक सहयोग नवलपुर समाज दक्षिण कोरियाका पुर्ब उपाध्यक्ष रिकमान थाडा मगरको उपास्थिती मा बिरामी को बुवा लाई हस्तान्तरण गरिएको समाजको अध्यक्ष हेम पाठक ज्युले जानकारी दिनु भयो।

नवलपुर समाज दक्षिण कोरियाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ। समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै सामाजिक कार्य हरु गर्दै आएको छ त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप , प्राकृतिक प्रकोप साथै कोरोनाको महामारी र विभिन्न सामाजिक कार्यमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ।

Facebook Comments Box