विशाल श्रेष्ठ
सौल, दक्षिण कोरिया।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया साखाको अध्यक्षमा किसन गौतम निर्वाचित भएका छन्। आइतबार सम्पन्न भएको साखाकोसातौँ अधिवेशनमा अध्यक्षका प्रत्यासी सबिना कार्कीलाइ ६ मतान्तरले पराजित गर्दै गौतम अध्यक्ष भएका हुन्। पत्रकार महासंघ दक्षिण कोरियाका संरक्षक तथा निर्वाचन संयोजक रुद्र शर्मा ,पूर्व अध्यक्ष अशोक मैनाली र पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व कोषाध्यक्षगिरीराज कुँवरको निर्वाचन मण्डलले निर्वाचन गराएको थियो ।
मतदानमा सहभागी भएका २६ जना मध्ये १६ जनाले गौतमको पक्षमा र१० जनाले कार्किको पक्षमा मतदान गरेका थिए। त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा सन्तोष खड्का निर्विरोध चयन भएका छन् त्यसैगरीसंघको उपाध्यक्षमा बिक्रम बज्यू र केशव पोखरेल निर्बिरोध चयन भएका छन् । महासचिव पदको लागि भएको निर्वाचनमा रोसन राइलाइ २ मतान्तरले पराजित गर्दै बासुदेव भट्ट निर्वाचित भएका छन्। संघको सचिवमा कोकिल पौडेल र महिला सचिवमा कमला केसीनिर्विरोध चयन भएका छन्। त्यसैगरी संघको अधिवेशन बाट कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्य हरुमा विशाल श्रेष्ठ, राजकुमारतामाङ र सन्दिप गिरि सर्बसम्मत पारित भएका छन् ।
सो अवसरमा भर्चुअल माध्यम जुम मार्फत बोल्दै प्रमुख अतिथि नेपाली राजदुतावास दक्षिण कोरियाका कार्यबाहक राजदूत राम सिंह थापाले कोरियामा रहेका पत्रकार हरुको क्षमता अभिवृद्धि गर्न र स्वतन्त्रपत्रकारिता गर्ने पत्रकार हरुको पक्षमा सहयोग गर्न राजदुतावासको पुर्ण समर्थन रहने प्रतिबद्धता जनाए। संघका अध्यक्ष रन्जन राजकुवरले जुम मार्फत अध्यक्षता गरेको कार्यक्रमको सन्चालन महासचिब मिन बिकले गरेका थिए।
उक्त कार्यक्रममा बिशेष अतिथिहरुनेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका लागि केन्द्रीय प्रतिनिधि तथाकोषाध्यक्ष कलेन्द्र सेजुवाल, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्य लगायतका ब्यक्तिहरुलेबिशेष मन्तव्य राखेका थिए। अधिबेसन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र प्रत्यक्ष उपस्थितमा गरिएकोथियो।