बिक्रम बज्यू
दक्षिण कोरिया
फेन्थेक माइग्रेन सेन्टर र नेपाली कमिनिटी को संयुक्त आयोजनामा भोलि आईतवार कोरियाको फेन्थेक शहर मा अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगिता हुने भएको छ।
फेन्थेक माइग्रेन सेन्टर र नेपाली कमिनिटी को संयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल ,म्यानमार ए, म्यानमार बि , कम्बोडिया ,भेतनाम ,थाइलेन् र इन्डोनेसिया टिमको सहभागी रहनेछ ।
अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगितामा नेपाली फुटबल टिमको पनि सहभागी हुने हुदा कोरिया बासी नेपाली हरुमा फुटबल प्रतियोगितामा उपस्थिति जनाई खेल अवलोकन गरि टिमको हौसला बढाई दिनहुन नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्णा गुरूङ (ब्रो तमु )ले अनुरोध गरेका छन्।
अगामी 2022/8/28 मा नेपाल कल्चर सेन्टर(NCC) द्वारा आयोजना हुन गइरहेको मिनी वर्ल्ड कप को लागी यो प्रतियोगिता नेपाली टीमको लागी एक महत्वपूर्ण खेल को रूप मा पनि हेरिएको नेपाल टिम का मनेजर मिन आलेले कामदार दैनिक लाई बताए।
मिति : 2022/08/07 आईतवार
समय : बिहान 8 बजे
स्थान : Ichung leports park , Pyeongtaek City (이충레포츠 공원 (평택시)