दोस्रो अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगिताको उपाधी नेपाललाई

कोरियाअपडेट

बिक्रम बज्यू

सौल/ दक्षिण कोरिया

फेन्थेक माइग्रेन सेन्टर र नेपाली कमिनिटी को संयुक्त आयोजनामा आईतवार कोरियाको फेन्थेक शहरमा भएको अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगीताको उपाधि नेपालले चुम्न सफल भएको छ।

क्वाटर फाइनल मा म्यानमार लाई ०-३ ले पराजित गर्दै सेमिफाइनल को यात्रा तय गरेको नेपालले सेमिफाइनलमा थाइलेन्ड संग को निकै नै प्रतिस्पर्धात्मक खेलमा थाइलेन्ड लाई ४-३ को गोल अन्तरलले पराजित गर्दै फाइनल को यात्रा सुनिश्चित गरेको थियो।

फाईनल मा एसियन देशहरु मध्ये कोरिया मा बलियो फुटबल टिमको रूपमा हेरिने भेतनाम लाई १-४ को फराकीलो गोल अन्तरले पराजित गर्दै दोस्रो अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगिता को ट्रफी नेपालले उचाल्न सफल भएको हो।

प्रतियोगिताको विजेताले ६ लाख कोरियन वन ट्रफी र मेडल , उपविजेताले ४ लाख कोरियन वन ट्रफी र मेडल र तेस्रोले २लाख कोरियन वन ट्रफी र मेडल प्राप्त गरेका छन्।प्रतियोगीतामा MVP नेपाल टीमको आशिष परियार मोस्ट भ्यालुबल खेलाडी घोषित भए ।


प्रतियोगितामा नेपाल ,म्यानमार ए, म्यानमार बि , कम्बोडिया ,भेतनाम , थाईलेन्ड र इन्डोनेसिया टिमको सहभागी रहेको थियो।

Facebook Comments Box