बिक्रम बज्यू
सौल/ दक्षिण कोरिया
कोरियामा रहेका नेपाली समाजहरूको बाक्लो उपस्थितिमा यहि मिति 2022 अगस्ट 7 तारीख, आईतबार ह्वासङ् फारानमा 문화더함공간서로( कल्चर सेन्टर), 반딧불( जूनकीरी टीम), बाईक फ्रेन्ड्स कल्बको(BFC) संयुक्त आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रमभव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमानेपाली राजदुतावासकी श्रम कन्सुलर रमा भट्टराईको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा कल्चर सेन्टर सञ्चालक( 서로 장님) कोरियन कम्युनिटी 타월 공동체 का संचालक 공동체 대표님 ह्वासङवैसागे प्रहरी टीम, जूनकीरी फाउन्डेसन का MD Yong pil Yoo , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष सन्तोष खड्का लगायतको उपस्थिति रहेको थियो।
कोरिया भित्र दैनिक जसो भोग्ने गरेका श्रमिक समस्या साथै घर फिर्ती तथा राजदुतावासले प्रदान गर्ने सेवाको विषयमा अन्तर्क्रियाकार्यक्रम संचालन भएको थियो।
यस्ता कार्यक्रमहरु लामो समय देखि 문화더함공간 서로 साथै जूनकीरी टिमको सहकार्यमा आयोजना हुदैं आएका छन्।
उक्त कार्यक्रममा निम्न प्रकारका विषयहरूमा छलफल भएको थियो।
१,श्रमिकमा समस्या, आवश्यकता तथा श्रमसम्बन्धि कोरिया को नीति नियम बारे विशेष अन्तर्किया!
२, भिजा सकिएपश्चात खुसिसाथ घरफिर्ती तथा नेपालमै ब्यवसायिक लगानिका सम्भावना बारे छलफल!
३, कोरियास्थित नेपाली राजदुताबासले दिने सेवा सुबिधाहरुको बारेमा बिस्लेषण!
४, कोरियाली भूमिमा घट्ने विभिन्न घट्ना न्यूनिकरण को लागि गर्नु पर्ने कोसिस बारे छलफल!
५, प्रहरी तर्फ बाट नियम कानुन सम्बन्धी जानकारी!
६, कोरियन कम्युनिटी बीच सहकार्य गरी विदेशी नागरिकहरूले गर्न सक्ने क्रियाकलाप बारे! छलफल
७, जूनकीरी टिमले गर्दै आएको हाल सम्मको गतिविधि बारे जानकरी!
८, सुरक्षित ह्वासंङ निर्माणमा कोरियन कम्युनिटी साथै तपाई हाम्रो भुमिका बारे ! छलफल
९, आगामी दिनहरुमा विदेशी नागरिकहरुको अतिरिक्त क्रियाकलपमा हुने सहभागिता बारे! छलफल गरिएको थियो।
उक्त कार्यक्रमको संयोजन तथा सन्चालन सक्रिय सामाजिक अभियान्ता दिपक बन्जराले गरेका थिए।