बिक्रम बज्यू
सौल/ दक्षिण कोरिया
2022/8/21 तारिक Gme द्वारा आयोजित ‘GME अन्तर्राष्ट्रिय कप 2022 दक्षिण कोरिया ‘ 충남 아선시 선장면 선장 축구장 मा अन्तरदेशीय ‘हानारो फुटबल कप ‘ हुने भएको छ। पहिलो खेल नेपाल विरुद्ध पाकिस्तान को बिच भिडन्त हुने छ।
GME को आयोजनामा हुने प्रतियोगितामा ‘ A’ साइड मा नेपाल लगाएत कम्बोडिया , चिन , पाकिस्तान, श्रीलङक, मंगोलिया , इन्डोनेसिया र cis राष्ट्र गरी ८ राष्ट्र रहेका छन् । भने ‘B’साइड मा म्यानमार ,फिलिपिन्स , इन्डिया, भेयतनाम ,थाईलेण्ड , बंगलदेश, पश्चिमी राष्ट्रहरू र अफ्रिकी राष्ट्रहरू गरी ८ राष्ट्र सहभागी रहेका छन् ।
प्रतियोगितामा विजेताले ५० लाख वन प्रमाणपत्र मेडल ट्रफी , उपविजेताले २० लाख वन प्रमाणपत्र मेडल ट्रफी र तृतीय हुने दुई टिमले १०-१० लाख वन प्रमाणपत्र मेडल ट्रफी पाउने छन् भने प्रतियोगिताको वेस्ट खेलाडीले ५ लाख वन प्रमाणपत्र मेडल र बेस्ट गोलकिपरले पनि ५ लाख वन प्रमाणपत्र मेडल पाउने छन् ।
एसियन देशहरु मध्ये कोरियामा बलियो फुटबल टिमको रूपमा नेपाल टिम लाई पनि हेरिने र गत महिना सम्पन्न फेन्थेक माइग्रेन सेन्टर र नेपाली कमिनिटी को संयुक्त आयोजनामा भएको अन्तरदेशीय ( एशियन कप ) फुटबल प्रतियोगीताको उपाधि नेपाल ले नै जितेको हिसावले पनि यो प्रतियोगिता को कप पनि नेपाल टिमले नै उच्लाने मा विश्वास्त रहेको नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष कृष्णा गुरूङ (तमु ब्रो ) ले बताए।
अध्यक्ष तमु ब्रो ले कोरिया बासी नेपाली हरुमा फुटबल प्रतियोगितामा उपस्थिति जनाई टिमको हौसला बढाई दिनहुन अनुरोध समेत गरेका छन्।
अगामी 2022/8/28 मा नेपाल कल्चर सेन्टर(NCC) द्वारा आयोजना हुन गइरहेको मिनी वर्ल्ड कप को उद्घाटन खेल कोरीयाको प्रख्यात सेलीब्रेटी फुटबल टिम vs टिम नेपाल बिच विहान 10 बजे 경기도 안산시 상록구 본오동 665-55 मा हुने नेपाल टिम का मनेजर मिन आले ले जनकारी दिएका छन् ।