अन्तिमको कम्पनिमा कम्तिमा १ बर्ष काम गरेकाले पनि कमिटेड आउन पाउने(विस्तृत भिडियो सहित)

कोरियाअपडेट

बिक्रम बज्यू 

सौल/ दक्षिण कोरिया ।

दक्षिण कोरियामा कमिटेड सम्बन्धि नियममा केहि हेरफेर भएको छ।परिबर्तित नियमानुसार अन्तिमको कम्पनीमा कम्तिमा पनि एक बर्ष काम गरेको,४ बर्ष १० महिना उही कम्पनीमा काम गरेको वा अन्तिमको कम्पनीमा १ बर्ष नपुगेतापनि कम्पनीको कारण परिबर्तन गरेको कामदारले जस्तोसुकै कम्पनी वा कृषि क्षेत्रमा कमिटेड आउन पाउने छन्। यस भन्दा पहिला एक सय जना भन्दा धरै कामदार भएको कम्पनीमा कमिटेडको रुपमा आउन नपाउने नियम थियो ।

प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइले एमटियुको आधिकारिक युट्युब च्यानल मार्फत जानकारी दिदै यो नियम पास भैसकेकोले आगामी अक्टोबर सम्म लागु हुने जानकारी गराउनु भएको छ । अबको नियम अनुसार १ जना देखि जतिसुकै कामदार भए पनि प्रवासी श्रमिक कमिटेडको रुपमा पुनः कोरिया प्रवेश गर्न पाउने छन् ।

त्यसैगरी राइले कम्पनि परिबर्तन गरेपनि कमिटेड आउन पाउने सम्बन्धि नियम २०२५ सम्म मात्र भन्ने कुरा भ्रम भएको बताउनु भएको छ l उहाले २०२५ पछी केहि नियम हेरफेर भएपनि लागु भएको नियम हटेर नजाने बताउदै ढुक्कले कोरोना भिसा थप गरेर बस्न सबै प्रवासी श्रमिकलाई आग्रह गर्नु भएको छ । त्यस्तै नयाँ आउनेको लागी आइडी कार्ड नबन्दै कार्यस्थल परिबर्तन गर्न पाइदैन भन्ने भ्रम हो नयाँ कम्पनीमा गएर पनि कार्ड बनाउन मिल्छ ,उहाले भन्नु भयो ।


त्यसैगरी कोरियाले दिदै आएको प्रवासी श्रमिकको कोटामा पनि बृद्वी गरेको छ l हाल सम्म बार्षिक ५९ हजार दिदै आएकोमा अब १० हजार थप गरि ६९ हजार पुर्याउने भएको छ l जसबाट हजारौ प्रवासी श्रमिकहरु लाभान्वित हुने देखिन्छ।

अध्यक्ष राइले प्रवासी श्रमिकले सुचना तथा जानकारी लिदा आधिकारिक रुपमा लिने बानी बसाल्न पनि आग्रह गर्नुभएको छ ।

विस्तृत भिडियो सहित

Facebook Comments Box