सन्तोष खड्का
सौल / दक्षिण कोरिया ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा नेपाली काङ्ग्रेसका नेता , समाजवादी चिन्तक, प्रष्ट वक्ता, नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवा एवम् प्रतिनिधि सभा सदस्य स्व. प्रदीप गिरि ज्यु प्रति श्रद्धान्जली अर्पण गर्दै शोकशभा सम्पन्न भएको छ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्रीको अध्यक्षता सम्पन्न कार्यक्रममा जनसम्पर्क समिति दक्षिण कोरियाका पुर्व सभापति ज्यु, महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरु सल्लाहकारहरु,गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पुर्व अध्यक्षहरु, लगायत जनसम्पर्क समितिसँग आवद्ध विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्व. प्रदिप गिरी प्रति श्रद्धान्जली अर्पण गर्दै उहाँले नेपाली काङ्ग्रेस एवम् समग्र नेपालि राजनितिमा पुर्याउनु भएको योगदानलाई वक्ताहरूले स्मरण गरेर आ-आफ्ना कुराहरू राखेका थिए।
कार्यक्रममा उपस्थित भएर स्व. प्रदिप गिरी प्रति श्रद्धान्जली अर्पण गरिदिनु हुने सम्पूर्ण महानुभावहरुलाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गर्दै नेता स्व. प्रदिप गिरीको आत्माको चिर शान्तिको कामना सहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।