कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।
दक्षिण कोरियाका लागि नेपाली राजदूतमा नियूक्त भएकी प्रा. डा. ज्योति प्याकुरेल भण्डारी आफ्नो कार्यभार सम्हाल्न दक्षिण कोरिया आईपुगेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई नियुक्त गरेकी थिईन्।
आज दक्षिण कोरिया आएकी राजदूत प्याकुरेललाई स्वागत गर्न उपनियोग प्रमुख राम सिंह थापा, श्रम सहचारी रमा भट्टराई ,एन आर एन ए कोरियाका अध्यक्ष दिपक पुन, महासचिब रोशन भट्टराई ,पुर्व अध्यक्ष लक्ष्मी गुरूंग,जनसम्पर्क समिती कोरियाका सभापति भजिन्द्र क्षेत्री,पुर्व सभापति गिरी राज कुवंर ,नवराज सिवाकोटी ,सल्लाहकार अग्नी राज कोईराला ,व्यवसायी भिम गुरूंग ,पत्रकार महासंघ कोरियाको बरिष्ठ उपाध्यक्ष एंव एन आर एन ए कोरियाका प्रबक्ता सन्तोष खड्का, पत्रकार महासंघ कोरियाका पूर्व अध्यक्ष अशोक मैनाली ,एन आरएन कोरियाका पुर्व सचिव राजकुमार स्यांतान ,दूतावासका अन्य कर्मचारीहरूले ईन्छन बिमान स्थल पुगेका थिए। दक्षिण कोरियामा लामो समय देखि राजदूत बिहिन भएको थियो।