पत्रकार महासंघ कोरियाको पदभार ग्रहण कार्यक्रममा राजदुत सहभागी हुँदै

कोरियाअपडेट

कामदार दैनिक

सौल/ दक्षिण कोरिया ।

पत्रकार महासंघ शाखा दक्षिण कोरियाले नवनियुक्त दक्षिण कोरिया स्थित नेपाली राजदूत प्रा. डा ज्योति प्याकुरेल(भण्डारी) को स्वागत कार्यक्रमको आयोजना गर्ने भएको छ। बुधबार महासंघको दक्षिण कोरिया शाखाले एक विज्ञप्ति निकाल्दै कार्यक्रम आयोजनाको हुने जनाएको हो।

प्यालुरेल कोरियाका लागि नवनियुक्त राजदुत हुन, सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा दक्षिण कोरियाको नवनिर्मित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम हुने भएको छ।

नवनिर्मित कार्यसमितिको पदभार ग्रहण आगामी सेप्टेम्बर ११ मा बेलुकी ४ बजे देङ्म्यो अफ स्टेसन स्थित नमस्ते रेस्टुरेन्टमा आयोजना हुने छ। कार्यसमितिका ११ जनाको पदभार ग्रहण एकैसाथ हुने महासंघ कोरियाले जनाएको छ। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरुलाई सहभागी हुन महासंघ शाखा कोरियाले बिज्ञप्ती मार्फत अपिल गरेको छ।

Facebook Comments Box