सेप्टेम्बर १० मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोरियाको तेस्रो अधिवेशन हुदैं

कोरियाअपडेट

परि बुढाथोकी 

सौल/ दक्षिण कोरिया ।

”हाम्रो लोक दोहोरि हाम्रो शान, प्रवासमा नेपालीहरूको छुट्टै पहिचान ” भन्ने भावका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको  तेस्रो अधिवेशन कोरियाको महान चाड छुसकको अबसर पारेर सेप्टेम्बर १० तारिख शनिबारका दिन फेन्तेक शहरको एक सभाहलमा हुने भएको छ।

आफ्नो मैलिक लोक गित संगितको संरक्षण र संवर्धानकोलागि महत्त्वपूर्ण कामहरू गर्दै आईरहेको यस सस्थाले। आपत बिपतमा परेकाहरूलाई पनि आर्थिक र नैतिक सहयोगहरू गरिरहेको छ।

आफ्नो कार्यकालमा कोरोना महामारीले गर्दा चाहे अनुसारको काम गर्न नसकेता पनि उल्लेख्य रचनात्मक र सहयोगका कामहरू गरेर कोरिया शाखालाई अझ उचोस्थानमा राखिरहनकालागि  आफू लगाएत आफ्नो सम्पूर्ण कार्य समिति लागि रहेको बताएका अध्यक्ष सुरज के सि ले तेस्रो अधिवेशनको तयारी पूरा भएको र सो दिन लोक संकृतिलाई मन पराउनु हुने कोरियामा रहेका सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरूलाई उपस्थितिका लागि समेत अनुरोध गरेका छन।

स्थापनाको छोटो समयमै विभिन्न कार्यक्रमहरू गरि स्थानीय तवरमा लोकप्रियता कमाउन सफल शाखालाई गत वर्ष लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल ,केन्द्रको साधारण सभाबाट उत्कृष्ट शाखाको रूपमा समेत पुरस्कृत गरेको छ।

Facebook Comments Box