राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कोरिया शाखाले पायो खिम छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति

कोरियाअपडेट

मेघनाथ पौडेल 

सेप्टेम्बर १०, २०२२, दक्षिण कोरिया ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल कोरिया शाखाको तेश्रो महाधिबेशन सम्पन्न भएको छ । प्योङथेक स्थित एक सभा हलमा सम्पन्न भएको उक्त महाधिबेशनले खिम छन्त्यालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं बैदेशिक बिभाग प्रमुख राम कृष्ण बम मल्लको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष श्री किसन गौतमको बिशेष आतिथ्यता तथा प्रतिष्ठानको कोरिया शाखाका संस्थापक अध्यक्ष तथा संरक्षक सि. पी. मगरको आतिथ्यतामा सम्पन्न भएको उक्त महाधिबेशनले आगामि ३ बर्षका लागि नयाँ कार्यसमिती चयन गरेको हो ।

 

कोरोना कहरका बिचमा पनि आफ्नो सक्रियता देखाएर बिश्वभरिका शाखाहरु मध्येकै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भई आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दक्षिण कोरिया शाखाको नयाँ नेतृत्वलाई बिशेष रुपमा हेरिएको छ । अघिल्लो कार्यसमितीका अध्यक्ष सुरज के. सी. को सभापतित्वमा सञ्चालन भएको अधिबेशनको उद्घाटन बिभिन्न संघ संस्थाहरुलाई प्रतिनिधित्व गर्दै आउनु भएका अतिथिहरुको भर्चुअल उपस्थिति र भौतिक समुपस्थितिका बिच भब्य रुपमा भएको थियो । भर्चुअल माध्यम जुम मार्फत जापानबाट उद्धघाटन सत्रमा जोडिएका केन्द्रीय सदस्य एवं बैदेशिक बिभाग प्रमुख रामकृष्ण बम मल्लले आफु केन्द्रको चाहना बमोजिम प्रत्यक्ष सहभागी हुन चाहेको भए पनि बिशेष परिस्थितिले जुम मार्फत जोडिन बाध्य भएको बताउदै आफु कोरिया शाखाको सक्रियता देखेर निकै प्रसन्न रहेको र आगामि नेतृत्व प्रति पनि केन्द्र निकै आशावादी रहेको बताए ।

 

सोही उद्धघाटन सत्रमा बोल्दै कोरिया शाखाका संस्थापक अध्यक्ष तथा संरक्षक सि. पी. मगरले २०१८ को सेप्टेम्बेर २१ मा भएको कोरिया शाखाको पहिलो अधिबेशनको स्मरण गर्दै चार बर्ष अगाडिको त्यो नयाँ उर्जा आज सम्म पनि कायम रहेकोमा खुसी ब्यक्त गरे । साथै अघिल्लो कार्यसमितिको कृयाकलापहरुको खुलेर प्रशंसा गरे । बिशेष अतिथिका रुपमा बोल्दै नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किसन गौतमले आफु बिदेशमा रहेर पनि दोहोरी प्रतिष्ठानले नेपाली लोक संस्कृतिको जगेर्ना गर्न बिशेष भूमिका खेलेको र कोरियामा रहनुहुने सम्पुर्ण लोक पारखी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई समेट्दै पदको दायराबाट माथि उठि मिलेर काम गर्न कोरिया शाखा सफल भएकोमा खुसी ब्यक्त गरे ।

अघिल्लो कार्यसमितिका कोषाध्यक्ष बिष्णु पाण्डेको आय ब्यय बिबरण तथा सचिव ललित गिरीको प्रगति बिबरण सहितको प्रतिबेदन प्रस्तुति पछि उद्घाटन सत्रलाई समापन गर्दै अघिल्लो कार्य समितीका अध्यक्ष सुरज के. सी. ले सम्पुर्णको हातेमालोले हामी यहाँ सम्म आइपुगेको र सबैको मनै देखिको सहकार्यका लागि आफु सम्पूर्ण प्रति अत्यन्तै आभारी भएको बताए ।

प्रतिष्ठानका सल्लाहकार एबं सामाजिक ब्यक्तित्व मित्र बन्धु काफ्लेको संयोजकत्वमा गठित निर्वाचन कमिटीले तेश्रो अधिवेशनको बन्द सत्र हुँदै निर्वाचन प्रकृया मार्फत नयाँ कार्यसमिती छानेको थियो । नयाँ कार्यसमितीका लागि सम्पुर्ण पदका उम्मेदवारहरु निर्बिरोध रहेकाले निर्वाचन बिना नै नयाँ कार्यसमिती स्वत: निर्वाचित हुन पुगेको थियो । नव निर्वाचित कार्यसमितीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउदै निर्वाचन समितिका संयोजक काफ्लेले पुरै कार्यसमिती निर्वाचन बिना नै निर्वाचित हुनु सुखद रहेको र यसले कोरिया शाखा पदलोलुपता भन्दा पनि कति एकत्रित र परिणाममुखी छ भन्ने कुराको प्रमाण देखाएको दावी गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको नव निर्वाचित कार्यसमितिमा अध्यक्ष खिम छन्त्याल, बरिष्ठ उपाध्यक्षमा बिष्णु पाण्डे, उपाध्यक्षमा टीका पौडेल, अर्का उपाध्यक्षमा ललित गिरी र मिलन थापा मगर रहेका छन् । त्यसैगरि सचिवमा मेघनाथ पौडेल, सह-सचिवमा सुमन चापागाइ कोषाध्यक्षमा सन्तोष बि.सी. र सह-कोषाध्यक्षमा पारु आले मगर निर्वाचित भएका छन् । त्यस्तै संस्थाको प्रवक्तामा अर्चना क्षेत्री र सदस्यहरुमा दिनेश पाण्डे, अमृत चापागाई, घनश्याम गिरी, प्रमोद भुषाल, रेशम राज अर्याल, विशाल थापा, रबिन्द्र रोकाय, रविन मगर, हरिभक्त थापा मगर, सन्तोष चापागाई र सरोज गुरूङ निर्वाचित भएका छन् ।

Facebook Comments Box