युबिन
सौल/ दक्षिण कोरिया ।
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्वर 10 र11गते”रमाइलो वनभोज” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाबासीहरु तथा अन्य विभिन्न जिल्लाबाट पनी उल्लेखनीय सहभागिता रहेको थियो। खाफ्यङ मा आयोजित वनभोज कार्यक्रम मा असी भन्दा बढी सहभागीहरू उपस्थित रहेको आयोजक संस्था संखुवासभा सम्पर्क परिवार का अध्यक्ष बम बहादुर घले ले बताउनुभयो।
कार्यक्रममा बिभिन्न नेपाली मौलिक परिकारहरू तथा आफ्नै गाउ ठाउँका लोक भाकाहरुमा नाचगानसहित अन्य मनोरञ्जनात्मक गतिविधि भएका थिए । साथै संस्थाले लामो समयदेखि संस्थालाई विशेष योगदान पुर्याउनु हुने महानुभावहरूलाई सम्मान पत्र तथा कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो।कार्यक्रममा खेलकुद विधामा प्रथम हुने खेलाडी टोलीलाई समेत नगद पुरस्कार प्रदान गरेको थियो। जिल्लाबासीहरुलाई एकत्रित गर्दै संस्थालाई अझ मजबुत तथा जिल्लाबासीहरु को सुख दुःख मा एकैसाथ हातेमालो गर्दै अघि बढ्ने साथै निकट भविष्य मा अन्य यस्तै कार्यक्रम हरु आयोजना गर्ने योजना रहेको अध्यक्ष वम बहादुर घले ले बताउनुभयो।