कोरियामा नेपाली साइकल गोल्ड मेडलिष्ट यात्रीहरु सकृय

कोरियाअपडेट

सानु राज मगर

सौल/ दक्षिण कोरिया ।

EPS मार्फत काेरिया आइ काम गरिरहेका ४ जना नेपाली साइकल यात्रीहरले गत; वर्ष (2021) को छुसकमा कोरियाकै सबैभन्दा लामो दुरि (longest cycle route of korea, seoul to busan 633km) मा रहेको सउल-बुसान साइकल मार्ग नेपाली झण्डा फहराउदै सम्पन्न/पूरा गर्नु भएको थिए। र यसचोटी पनि “स्वास्थ्य नै धन हो, साइकल चलाउनु एउटा passion मात्र नभइ स्वास्थ्यको लागि अति उत्तम कसरत हो ” भन्ने मुल  नारा सहित सउल बुसान साइकल मार्ग सम्पन्न गरेका साईकल यात्रीहरुले यस वर्षको  छुसक विदा (2022.09.) मा भने व्यानरमा संसारका सर्बोच्च शिखर सगरमाथालाई प्रवर्द्धन गर्दै कोरियामा रहेका विश्व प्रसिद्ध जेजु-दो टापु (Jeju-do island) 234 km साइकल मार्ग सफलता पुर्वक सम्पन्न गरेका छन्।

प्रवासी जीवन र व्यस्त समयको बाबजुद पनि नेपालमा रहेको संसारको “सर्वोच्च शिखर सगरमाथा”लाई प्रवर्द्धन गरिरहेका साइकल यात्रीहरु शुर्य बहादुर गुरुङ, सम्भु धिमाल, नवराज सुवेदी र प्रकाश अधिकारी काोरियाको(certificate of cross country cycling road) र गोल्ड मेडल (gold medal) समेत प्राप्त गरि सकेका छन्।

साइकलमा गाोल्ड मेडलिस्ट यो टिमले आउँदो november महिनामा बुसानको किम्हेमा हुने राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता 2022 मा भाग लिई अन्य नेपाली युवा पुस्तालाई पनि साइकल प्रति प्रेरित गर्ने योजना रहेको छ।

Facebook Comments Box