थेगु नेपाली मन्चको पहिलो अधिवेशन भानु घिमिरेको नेतृत्वमा सम्पन

कोरियाअपडेट

परि बुढाथोकी

सौल/ दक्षिण कोरिया ।

मिती 2022/09/18 तारिक आईतबारको दिन बालाजी रेस्टुरेन्ट थेगुमा थेगु नेपाली मन्चको प्रथम अधिवेसन भव्यताका साथ सम्पन्न भएको छ। कार्यबाहक अध्यक्ष रमेश रानाको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा समाजसेवि तथा व्यवसायी मान सिङ्ग गुरुङ थिए भने बाक्लो मात्रामा थेगु आसपासमा रहेका समाजसेवि व्यवसायी तथा संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति थियो। जसमा मगर संघ थेगु साखा अध्यक्ष चिरन् थापा मगर, स्याङजा परिवार मित्र मगर, तमुधीं गणेश गुरुङ, परोपकार समाज नवीन बराल, वेगान साथी समूह पासाङ शेर्पा, बागलुङ समाज ज्ञानु श्रीस, ओखल्ढुङ्गा सेवा समाज द कोरियाका निबर्तमा अध्यक्ष फडिन्द्र अधिकारी,लोक दोहोरी प्रतिष्ठान जितन् भाई श्रीस,मगर संघ नरेश थापा, बागलुङ समाज सुरेश खत्री, माया रेस्टुरेन्ट प्रतिमा सिँह ठकुरी थिए।

केही आन्तरिक छलफल पश्च्यात खडा गरिएको निर्वाचन मण्डलमा

संयोजक फडिन्द्र अधिकारी, नरेश थापा, पासाङ शेर्पा, पूर्ण लिम्बू को संयुक्त टोली रहेको थियो र उक्त टोलिले प्रभाकारी ढङ्गले कार्यक्रमलाई अगाडि बढाएको थियो। कार्यक्रमको सञ्चालनमा यसै मंचका सचिब सुजन ज्ञवालीले गरेका थिए भने अंतमा आर्थिक कारोबारलाई हस्तान्तरण गर्दै कोषाध्यक्ष फडिन्द्र भट्टराई पनि विदा भएका थिए। नयाँ कार्यसमितिमा निर्विरोध चयन भएका पदाधिकारीहरू निम्न छन्ः

कार्यसमितिमा
अध्यक्ष- भानु घिमिरे
उपाध्यक्ष – हर्क गुरुङ
सचिव – सन्तोष कास्यव बिक
कोषाध्यक्ष – तिलक तामाङ
सल्लाहाकार समितिमा
प्रमुख सल्लाहाकार – चिरन्जीवि पाण्डे
सल्लाहाकार – विरेन्द्र नौभाग्य
सल्लाहाकार – पासाङ्ग शेर्पा
संरक्षकमा
रमेश राना
फडिन्द्र अधिकारी

Facebook Comments Box