परि बुढाथोकी
मोक्पो/ दक्षिण कोरिया ।
मोक्पोमा एक नम्बर कलाकारहरुद्वारा अभिनित चलचित्र “दुई नम्बरी” आपातकालीन राहतकोष स्थापनाको निमित्त मोक्पो साम्हो साझाचौतारी द्वारा नोभेम्वर २७ आईतबारको दिन सुपरहिट चलचित्र दुई नम्बरी प्रदर्शन हुने र उक्त दिन HANPASS र सनराईज बैंकको सेवापनि लिन सकिने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष धनराज तामाङले बताएका छन्।
नोभेम्वर २७ आईतबारको दिन दिउँसो ठिक १ बजे सर्बाधिक सेवा सुबिधा सम्पन्न फ्लिम हल 현대삼호 한마음 साम्हो हान माउमबिल्डिङ तेस्रो तल्लामा प्रदर्शन हुने उक्त चलचित्रको टिकट एकदमै सिमित रहेकोले बेलैमा सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ।
बिशेस गरि मोक्पो वरिपरि रहेको थेबुल हेनाम नामाक आफेदो मुआन छिन्दो होन्डाई साम्हो क्षेत्रमा रहेको नेपालि दाजुभाईदिदिबहिनिहरुलाई केन्दृत भएता पनि उक्त प्रदशनीलाई कोरियामा रहनुभएका सम्पुर्ण कोरियाबासी नेपालीहरु एंव बिभिन्न सङ सस्थाका प्रतिनिधिहरु उपस्थित भई कार्यक्रम सफल पारिदिनको निम्ति पनि आयोजकले हार्दिक अनुरोध गरेको छ। उक्त दिन पास्पोर्ट मात्रहुनुभएकाले पनि HANPASS रेमिट्यान्सको खाता बनाई डाईरेक्ट डेबिट मार्फत नेपाल पैसा पठाउन सक्नुको साथै बहुउपयोगीHANAPASS Visa कार्ड पनि बनाउन सक्नुको साथै सनराईजको सम्पुर्ण सेवाहरु लिन सकिने छ।
कार्यक्रमको बिवरणः
मिति : 2022नोभेम्बर 27 तारिक
समय :- दिउँसो ठिक 1 बजे
स्थान :- 현대삼호 한마음 साम्हो हान माउम बिल्डिङ तेस्रो तल्ला