आगामि डिसेम्बर १८ तारिख आइतवारका दिन नेपाली राजदुतावास खुल्ला रहने

कोरियाअपडेट

मेघनाथ पौडेल

सऊल, दक्षिण कोरिया।

सउल स्थित नेपाली राजदुतावास आगामि डिसेम्बर १८ तारिख आइतवारका दिन पनि खुल्ला रहने भएको छ । नेपाली कामदारहरुको समयलाई मध्यनजर गर्दै बिगत लामो समय देखि हरेक हप्ता आइतबार पनि दुतावास खोल्नु पर्ने चौतर्फी आवाज आइरहंदा दुतावासले आगामी डिसेम्बर १८ तारिख आइतवार एक दिनका लागि दुतावास खुल्लै राखि सेवा दिने निर्णय गरेको हो ।

नेपाली राजदुतावासले एक सूचना जारी गर्दै बिद्दुतिय राहदानी (ई-पासपोर्ट) को लाइभ इनरोल्मेन्टका लागि उक्त दिन दुतावास खुल्ला रहने जानकारी दिएको छ । दुतावास द्वारा गत सोमबार प्रकाशित सुचनामा भनिएको छ, ‘मिति २०७९ पुस ३ गते (तदनुसार १८ डिसेम्बर २०२२) आइतवारका दिन नेपाली राजदुतावास, सिओलबाट बिद्दुतिय राहदानी (ई-पासपोर्ट) को लाइभ इनरोल्मेन्टका लागि दुतावास खुला गरिने भएकोले अनलाइन फारम भरि राजदुतावास आउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना जारी गरिएको छ ।’

ई-पासपोर्टका लागि पहिला घरैबाट अनलाईन मार्फत प्री-इनरोलमेन्ट (Pre-enrollment) गरिसकेपछि लाईभ इनरोलमेन्ट (Live-enrollment) का लागि प्रत्यक्ष दुतावास जानु पर्ने नियम छ । यसै अनुरूप लाईभ इनरोलमेन्टका लागि कार्यब्यस्तताले अरु बार राजदुतावास जान नसक्नेहरुलाई मध्य नजर गर्दै ई-पासपोर्टको लाईभ इनरोलमेन्टका लागि डिसेम्बर १८ का दिन दुतावास आउन अनुरोध गरिएको हो । यसका लागि ई-पासपोर्ट बनाउन अथवा नविकरण गर्न ईच्छुकले https://emrtds.nepalpassport.gov.np मा गई प्री-इनरोलमेन्ट (Pre-enrollment) गरेर प्राप्त हुन आएको QR-Code को Screenshot, पासपोर्टको कपि, नागरिकताको दुबै पट्टीको कपि र Alien Card को कपिलाई राजदूतावासको फेसबुक मेसेन्जरमा आगामी डिसेम्बर १४ तारिख बुधवार सम्ममा पठाउनु पर्ने दुतावास द्वारा जारि सुचनामा उल्लेख छ । साथै प्री-इनरोलमेन्ट (Pre-enrollment) गर्दा लाइभ इनरोल्मेन्टका लागि राजदुतावास जाने मितिमा आगामी डिसेम्बर १८ तारिख छानेर बिहान १० बजे देखि २ बजेको समयमा दुतावास आउन पनि सुचनामा आग्रह गरिएको छ ।

Facebook Comments Box