गण्डकी प्रदेश समाज दक्षिण कोरियाको बृहत भेला एवं प्रथम अधिवेशन सम्पन्न हुँदै

कोरियाअपडेट

मेघनाथ पौडेल

सऊल, दक्षिण कोरिया ।

गण्डकी प्रदेशबाट दक्षिण कोरिया आएका नेपालीहरुको समाज गण्डकी प्रदेश समाजले आगामी डिसेम्बर २५ तारिखमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्दै छ । दक्षिण कोरियामा गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्ने एक सामुहिक संस्थाको परिकल्पना सहित केही समय अघि मात्रै स्थापना भएको गण्डकी प्रदेश समाजको बृहत भेला एवं प्रथम अधिवेशन कोरियाको सउल स्थित नमस्ते रेस्टुरेन्टको सभाहलमा सम्पन्न गर्न लागिएको हो ।

कामको शिलशिलामा दक्षिण कोरिया रहेका नेपालीहरु बिचको भातृत्व कायम गर्नका लागि भन्दै स्थापित जिल्लागत, क्षेत्रगत, जातिगत बिभिन्न सामाजिक संघ-संस्थाहरु क्रियाशील रहेको दक्षिण कोरियामा गण्डकी प्रदेशका ११ जिल्लाका नेपालीहरुको साझा संस्थाको रुपमा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको यस अघि नै तदर्थ समिति गठन भएको थियो ।

प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता भन्ने मुल नारा सहित स्थापना स्थापना भएको गण्डकी प्रदेश समाजले प्रवासी भुमिमा रहेका नेपालीहरुमा देखापर्ने मानविय समस्या तथा बिपदहरुको मिलेर सामना गर्दै प्रदेश भित्रका जिल्लाहरुलाई एकबद्द गर्ने र सामाजिक तथा प्रादेशिक विकासका लागि बिभिन्न जिल्लाहरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गरि प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउने प्रमुख उदेस्य राखेको समाजको तदर्थ समितिले जनाएको छ ।

केही समय अघि स्थापित तदर्थ समितिलाई औपचारिकता प्रदान गरिने उक्त भेला तथा प्रथम अधिवेशन बिहान ११ बजेबाट शुरू हुने र उक्त कार्यक्रममा कोरियामा क्रियाशील बिभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व हुने आयोजक समितिले जनाएको छ ।

Facebook Comments Box