नेपाली कथानक चलचित्र “महापुरुष” सौलमा जनवरी 22 तारिखमा प्रदर्शन हुने

कोरियाअपडेट

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया 

नेपालमा 51 दिन मनाउन सफल चलचित्र “महापुरुष ” सलनालको अवसर पारेर दक्षिण कोरियाको राजधानी सउलमा यहि मिति 2023 जनवरी 22 तारिखको दिनमा दिउँसो 1 बजेदेखी प्रदर्शन हुने भएको छ ।

नेपाली चलचित्रलाई प्रवर्द्धन तथा नेपाली कला संस्कृतिलाई थप मजबुत बनाउने उद्देश्यले दक्षिण कोरियामा रहेर सामाजिक कार्यमा संलग्न ब्यक्तिहरुको संगठन हेल्लो कोरिया ग्रुपले चलचित्रलाई प्रदर्शन गर्न लागेको हो ।

सफल निर्देशक प्रदीप भट्टराई द्वारा निर्देशित चलचित्र “महापुरुष” नेपाली दर्शकले असाध्यै रुचाएको चलचित्र हो । जुन चलचित्र नेपालमा 51 दिन मनाउन सफल भएको छ। चलचित्रमा वुवाको मार्मिक कथा महापुरुष मार्फत जसले समाजको ऐनालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ जहाँ आमालाई पुज्न र वुवालाई बुज्न सिकाएको छ । महापुरुष:हाँसो,रोदन,प्रेम र विद्रोहको एक उत्कृष्ट समसामयिक,पारिवारिक र सामाजिक कथानक चलचित्रका साथै वुवाहरुको त्याग,संघर्ष र मनोवैज्ञानिक उतारचढावको सन्देशमुलक कथा हो ।चलचित्र भावुक र कमेडीले भरिपुर्ण सामाजिक नाटक प्याकेज पनि हो।

परिवार र आमदर्शकलाई लक्षित गरि बनेको चलचित्रलाई सबैले मन पराउने छन् युवा दर्शकहरुले असाध्यै प्रशंसा गरिरहेका छन् र सबैले आफ्नो समाज र वास्तविक जीवनसँग कथा जोड्न मद्दत गर्ने यस चलचित्र हेर्नको लागि हेल्लो कोरिया ग्रुपले कोरियामा हुने सम्पुर्णलाई हार्दिक अनुरोध गरेको छ ।

 

सलनालमा सार्वजनिक विदा हुने भएकोले कोरियामा रहेका नेपालीहरु जुन नेपाली चलचित्र हेर्न एकदमै मन पराउनु हुन्छ उहाहरूलाई मध्यनजर गर्दै सहजताको लागि सार्वजनिक विदाको दिनमा चलचित्र प्रदर्शन गर्न लागीएको हेल्लो कोरिया ग्रुपले जनाएको छ ।

 

Facebook Comments Box