रा स्व पा प्रवास बिभाग कोरियाको सभापतिमा जिपि र महामन्त्रीमा अवधेश सहित ११ सदस्यीय कमिटी गठन

कोरियाअपडेट समाचार

मेघनाथ पौडेल

दक्षिण कोरिया ।

छोटो समयमै राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले कोरियामा पनि आफ्नो प्रवास नेपाली सम्पर्क बिभाग बिस्तार गरेको छ । बिभिन्न देशमा रहेका पार्टीका सदस्य तथा शुभेच्छुकहरुलाई जोड्ने अभियान स्वरूप पार्टीले दक्षिण कोरियामा पनि एक अन्तर्क्रिया कार्यक्रम साथमा प्रवास सम्पर्क कमिटी गठन कार्यक्रमको आयोजन गरि आफ्नो संगठन बिस्तार गरेको हो ।

गत जनवरी १६ तारिखमा सउल स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको प्रवास सम्पर्क कमिटी गठन कार्यक्रमले जि.पि. तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रत्यक्ष र भर्चुअल माध्यम जुम द्वारा सञ्चालन भएको उक्त कार्यक्रममा नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री रहेका पार्टीका सभापति रबि लामिछानेको प्रमुख आतिथ्यता तथा पार्टीका उपसभापति एवं बिदेश बिभाग प्रमुख डि.पि.अर्यालको बिशेष आतिथ्यता र बिदेश बिभाग उपप्रमुख यम श्रेष्ठको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोरिया शाखा, नेपाल तराई समाज, नेपाली जनसम्पर्क समिति, ONF प्रवासी नेपाली कमिटी, रामेछाप सम्पर्क समिति ,काभ्रे समाज, नुवाकोट समाज, सिन्धुपाल्चोक समाज, चितवन सम्पर्क समिती लगायत कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नव गठित कार्यसमितिलाई बधाई दिदै पार्टी सभापति एवं नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री लामिछानेले सबैलाई आ-आफ्नो ठाउँबाट पार्टिको विकास, मात्रै नभएर समग्र देशको आर्थिक समृद्दि एवं राष्ट्रिय हित अनुरुप कार्य गर्न निर्देशन दिएका थिए ।

नव गठित ११ सदस्यीय प्रवास नेपाली सम्पर्क बिभागको कार्यसमितिको सभापतिमा जि.पि. तिमल्सिना, उप-सभापतिमा राजन श्रेष्ठ, महामन्त्रीमा अवधेष राज चौरसिया र सह-महामन्त्रीमा अर्जुन जागरी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा डा. लोक आचार्य, सह-कोषाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरुमा मनोज चापागाई, कमल बिश्वकर्मा, सुस्मिता खड्का, युविन श्रेष्ठ, र संजोग राइ निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क बिभाग गठन कार्यक्रमको सञ्चालन मनोज चापागाईले गरेका थिए ।

Facebook Comments Box