कोरियामा रहेका नेपाली श्रमिकहरुको सुरक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम संचालक गरिदै

कोरियाअपडेट समाचार

दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम संचालन गरिने भएको छ।

कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया सौल, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बिचको समन्वयमा श्रमिक सुरक्षा तथा सचेतना सम्बन्धि ८ हप्ते अनलाइन अभिमुखिकरण कार्यक्रम संचालक हुन् लागेको हो।

आइतबार दूतावासले जनाए अनुसार १९ फेब्रुअरी अर्थात फाल्गुन ७ गतेबाट ८ हप्तासम्म संचालन गरिने उक्त कार्यक्रम जुम भर्चुअल माध्यमबाट संचालन गरिने छ। कार्यक्रमको समय प्रतेक हप्ताको आइतबार साझ ७ बजेबाट ८:३० बजेसम्म संचालन गरिने निर्धारण गरिएको छ।

दूतावासका अनुसार कार्यक्रमको मुख्य उद्देश ईपीएस श्रमिकहरुका वैदेशिक रोजगारी सम्बन्धि बिबिद विषयहरुको जिज्ञासा र समस्या समाधान गर्ने रहेको छ। साथै श्रमिकहरुका समस्या सामाधानको बाटो खोजी वैदेशिक रोजगारीलाई सुरक्षित र सहज बनाइ श्रमिकहरुको हित अभिबृदि गर्ने रहेको दूतावासले बताएको छ।

Facebook Comments Box