वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका बारा कोल्बी घर भएका २५ बर्षिय सरोज थपलिया मस्तिष्क क्यान्सरको पीडित बनेका छन्। कोरियाको ख्यङसाङनाम्दो किम्हे सहरको एक कम्पनीमा कार्यरत सरोज कोरिया पुगेको ७ महिना मात्रै भएको छ।
गत फेब्रुअरी ९ तारीखका दिनभर काम सकेर कार्यस्थलबाट खाना खान जाने क्रममा बाटोमा अकस्मात बेहोस भए ढले। कोरियामा कार्यरत सरोजलाई चिन्ने उनका साथीहरूले बेहोस भएर ढलेको अवस्थामा साथिलाई फेला पारेपछि नजिकको हस्पिटल लगे। हस्पिटलमा उनको एमआरआइ गर्दा मस्तिष्कको क्यान्सर(ब्रेन ट्युमर) भएका पत्ता लाग्यो।
हाल सरोज डोङ-ए युनिभर्सिटी, सेउङ्घाक क्याम्पस मा उपचाररत छन्। डाक्टरका अनुसार आउदो मार्च ६ तारीखमा उनको मस्तिष्कको सल्यक्रिया गर्नुपर्ने रहेको छ। तर, उनको उक्त सल्यक्रियाको खर्च झण्डै २ करोड कोरिएन रुपैया(वन) पुग्ने अनुमान गरिएको छ। जसका लागि उनलाई मार्च ५ तारीख भित्र उक्त रकम जम्मा गर्नुपर्ने भनिएको छ।
सरोजको घरायसी परिवारको आर्थिक अवस्थाले उनको उपचार खर्च धान्न नसक्ने अवस्था रहेको छ। उनका बुबा बालकृष्ण थपलियाले हाम्रा खबर सँग उक्त उपचार खर्च जुटाउन सहयोग मागेका छन्। साथै अहिले परिवार तथा सहयोगकर्ताहरुले ‘सरोज बचाउ अभियान’ समेत संचालन गरेका छन्।
उक्त अभियान मार्फत आमसर्बसाधारणमा सक्दो सहयोग मागको अपिल गरिएको छ। जसका लागि तल दिइएको बैंक खाता नम्बरमा सहयोग रकम पठाउन सकिनेछ।
नाम : सरोज थपलिया
खाता न: 259-910440-69907(KEB Hana Bank)
सम्पर्क: 010-59382937(Saroj Thapaliya)