कोरियामा संयुक्त होलि महोत्सव आयोजना हुँदै

कोरियाअपडेट

दक्षिण कोरियामा संयुक्त होलि महोत्सवको आयोजना गरिने भएको छ। कोरियामा रहेको नेपालीहरुको पाँच-स दक्षिण कोरिया नामक संस्थाको आयोजकत्व र त्यहाँ रहेका अन्य सक्रिय संघ संस्थाहरूको सह-आयोजनामा संयुक्त रूपमा होलि महोत्सवको आयोजना गरिन लागेको हो।

महोत्सव आउँदो मार्च ५ तारिखका दिन कोरियाको राजधानी सौलस्थित हान्नाम नदीको किनारको पार्कमा नेपालको पूर्वीय मौलिक संस्कार, संस्कृति र चाडपर्वलाई परदेशमा पहिचान गराउने हेतुले होलि महोत्सव -२०७९ कार्यक्रमको आयोजना गर्न लागिएको छ।

पाँच ‘स’ दक्षिण कोरियाले हरेक बर्ष होलिको अवसर पारी कोरियामा सक्रिय संघसंस्था सँग समन्वय गरि कार्यक्रमहरु गर्दै आइरहेको छ। जस अन्तर्गत यस बर्ष पनि सोही अनुरुप कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

उक्त होलि महोत्सवमा प्रमुख आयोजकको रूपमा पाँच-स दक्षिण कोरिया रहेको छ। आयोजक संस्थाहरुमा गैरआवासीय नेपाली संघ, स्याङ्जा समाज दक्षिण कोरिया, नेपाल गोरखा परिवार दक्षिण कोरिया, राप्ती समाज दक्षिण कोरिया तथा मधेसी समाज दक्षिण कोरिया छन्।

नेपाल पत्रकार महासंघ द. कोरियाले पनि होलि महोत्सव सहजकर्ताको भुमिका खेल्ने प्रमुख आयोजक पाँच-स दक्षिण कोरियाले जनाएको छ।

यस्तै वाग्लुङ समाज द. कोरिया, आन्सान परिवार द. कोरिया, तनहुँ समाज द. कोरिया, उधमशील युवा मञ्च द. कोरिया, रामेछाप सम्पर्क समिति द. कोरिया, सुर्खेत समाज द. कोरिया, गण्डकी प्रदेश समाज द.कोरिया, बर्दिया समाज द. कोरिया, मकवानपुर कोरिया मञ्च द. कोरिया र पर्वत समाज द. कोरिया अन्य आयोजक संस्थाका रुपमा रहेका छन्।

प्रमुख आयोजक पाँच-स दक्षिण कोरियाले यस बर्षको होलीलाई कोरियामा सम्पूर्ण नेपालीहरूको साझा महोत्सवको रूपमा मनाइने जनाएको छ। साथै उक्त होलि महोत्सवमा कोरियामा बसोबास गर्नुहुने समस्त व्यावसायि, विधार्थी, पत्रकार, लगायत कोरियावासी नेपालीहरुमा उपस्थितिको लागी पाँच-स दक्षिण कोरियाले अपिल समेत गरेको छ।

Facebook Comments Box