अन्तर्राष्ट्रिय तेक्वान्दो रजत पदक बिजेता भजिन्द्र ब.क्षेत्री राष्ट्पतिबाट बिभुषित

कोरियाअपडेट समाचार

कामदार दैनिक 

काठमाण्डौं।

हरेक बर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बिभिन्न विधामा महत्वपूर्ण योगदान/भूमिका निर्बाह गरेका व्यक्तित्वहरूलाई राष्ट्रपति द्वारा सम्मान गरिँदै आएको बिभिन्न बिधाका बिभुषण मध्य _जनसेवाश्री मानपदवि_ द्वारा नयाँ वर्षको अवसर पारेर आज सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्युबाट तेक्वान्दो खेलाडी तथा समाजसेवि भजिन्द्र बहादुर क्षेत्री विभूषित भएका छन्।

दक्षिण कोरियामा लामो समय देखि व्यावसाय गर्दै आइरहेका क्षेत्रीले खेल तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङकन् गर्दै नेपाल सरकार/ गृह मन्त्रालयले आठौँ संबिधान दिवसको अवसर पारेर राष्ट्रपति समक्ष पदकको लागि सिफारिस गरको थियो।

खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरेका क्षेत्रीले तेक्वान्दो अन्तर्गत चौँथो कोरिया ओपनमा नेपालको तर्फबाट दोश्रो स्थान हाँसिल गर्दै रजत पदक प्राप्त गरेका थिए। बिश्व तेक्वान्दो हेड क्वार्टर कुकीवन कोरियाबाट सन् २००७ मा बेस्ट अवार्ड प्राप्त गरेका क्षेत्री राष्ट्रिय स्तरमा पनि थुप्रै ट्रफी,मेडल,पदक र प्रमाणपत्र बाट सम्मानित भएका छन
अध्यनको शिलशिलामा दक्षिण कोरिया प्रबेश गरेका क्षेत्री तेक्वान्दोका राष्ट्रिय/अन्तराष्ट्रिय खेलाडी तथा मास्ट्रस इन्सट्रक्टर (Master instructor)समेत हुन |जन्मस्थान बाग्लुङ हुक्दिसिर भई रुपन्देहि बुटवलमा बसाँइ सराइँ गरेका क्षेत्री व्यावसायको शिलशिलामा हाल दक्षिण कोरियामा बस्दै आएका छन्।

दक्षिण कोरियामा रहेका नेपालिहरुलाई आपत/बिपदमा सहयोग गर्ने देखि अन्य सामाजिक तथा राजनितिक क्षेत्रमा सकृय रहेका क्षेत्रि दक्षिण कोरियाको राजधानि सिओल महानगरले प्रदान गर्ने मानार्थ नागरिकताबाट समेत सम्मानित भएका छन्।
नेपाली काङग्रेस निकट जनसम्पर्क समितिका सभापति  समेत रहेका क्षेत्री कोरियामा एक अब्बल ब्यावासायी तथा समाजसेवीको रुपमा चिनिन्छन l

Facebook Comments Box