बिक्रम बज्यू
दक्षिण कोरिया
“प्रवासमा आपसी सद्भाव र एकताको भेला,नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा”भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ। बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि !!!
नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच “स” दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस्कृति जगेर्ना गर्दै (BUDDHA WAS BORN IN NEPAL) “भगवान् बुद्ध नेपालमा जन्मिएका हुन्” भन्ने मूल नारालाई आत्मसाथ गर्दै बुद्ध र बुद्धभूमि नेपाललाई विश्वमा पहिचान गराउँदै विश्व शान्ति कायम होस् भन्ने हेतुले नेपाली मौलिक झाँकी सहित बुद्ध प्रतिमा बोकेको विशेष- रथ नगर परिक्रमा गरेर शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो।
यथासम्भव नेपाली राष्ट्रियता झल्काउने किसिमका राष्ट्रिय पोशाकमा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण व्यक्तित्व हरुमा आयोजकको तर्फबाट जन आवाज मार्फत उपस्थिति जनाइदिनु हुन समेत सादर अनुरोध गरेको छ।
स्थान: नेपाली साझा मन्दिर तथा पुस्तकालयको सभाकक्ष
주소 :경기도 안산시 단원구 원곡동 741-3
समय : बिहान ११:०० बजे (मन्दिरमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरी पूजा आराधना(११:00-१२:३०)रथयात्रा सुरु १२:२० देखि
मिति : सन २०२३ मे ७ तारिख
जानकारीको लागि संपर्कः
युगेल तेण्डुप शेर्पा 01076302055,
विष्णु थापा 01046946680,
बिसन राई 01082966938,
हरि प्रसाद भट्टराई 01022050269,
चुडामणि भण्डारी 01038959224
एकराज दाहाल 01051941574
विगत मनाएका बुद्ध जयन्ती