बिक्रम बज्यू ,
दक्षिण कोरिया
बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको आज अप्रिल ३० मा तेश्रो अधिबेशन सम्पन्न भएको। ‘देश विकासमा हाम्रो योगदान एकताको शुत्रमा समृद्धिको उठान’ भन्ने मुल नाराका साथ बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिबेशन आईतबार सिऊलमा सम्पन्न भएको हो ।
अधिबेशनबाट भवानी पौडेल (बि.बि.) को नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । अध्यक्षमा भवानी पौडेल (बि.बि.)(धादिङ्ग )बाट सर्वसम्मत चयन भए भने वरिष्ठ उपाध्यक्षमा नवराज तिमिल्सिना (काभ्रे) ,उपाध्यक्षमा सागर सापकोटा (चितवन) , महिला उपाध्यक्मा सुष्मा थापा(काभ्रे) त्यसैगरी उपाध्यक्षमा रेशम अधिकारी (दोलखा),महासचिवमा सुरेश थिङ(मकवानपुर),कोषाध्यक्षमा(महिला) जयन्ति शर्मा (घिमिरे) चयन हुँदा सचिवमा तारा चन्द आचार्य सिन्धुपालचोक) र सचिवमा सुमन चौलागाई (काभ्रे) , सह- कोषाध्यक्षमा पूर्ण. ब. प्रधान (धादिङ्ग), चयन भए भने धादिङबाट जिल्ला संयोजकमा अमर घले , काभ्रेबाट केशव मन लामा र दोलाखाबाट कुन्दन थापा जिल्ला संयोजकमा चयन भएको छ।
कार्यक्रममा प्रमुख अतिथिकोरुपमा अनलाइन जूम भर्चुवल
मार्फत बागमती प्रदेश मुख्यमन्त्री माननीय शालिकराम जम्कटेलको आतिथ्यता रहेको थियो भने बिशेष अतिथिको रुपमा नेपाली राजदुतावास सिउलका द्वितीय सचिव एवम उपनियोग प्रमुख पुष्पराज भट्टाराईको उपस्थितिमा सम्पन्न अधिबेशनमा अतिथिहरूमा दोङदेमुन व्यवसय संघका अध्यक्ष विपिन गुरुङ ,व्यवसायी गिरीराज कुँवर ,नेपाल घेदुङ दक्षिण कोरियाका महासचिव शुभराज बोम्जन, चितवन सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङ्तान, काभ्रे सम्पर्क समिती द. कोरियाका निबर्तमान अध्यक्ष सानु लामा वाइवा ,नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम लगायत कोरियाका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन तथा सन्चालन सक्रिय सामाजिक अभियान्ता निर्वतमान महासचिव भवानी पौडेल (बि.बि. ले गरेका थिए।